News 24 Television
दुबईको चिया ब्राण्ड फिल्लीको पाचौँ आउटलेट कमलादीमा

काठमाडाैं । काठमाडाैंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचाैं आउटलेटको सफ्ट लन्चसहित आउटलेट सञ्चालनमा ल्याएको छ । 

चियाका पारखीका लागि विश्व चर्चित दुबईको चिया ब्राण्ड फिल्ली स्काई टावरमा पनि सञ्चालनमा ल्याएको हो । यसअघि लाजिम्पाट, बाैद्ध, ठमेल र लबिम मलमा क्याफे सञ्चालनमा आइसकेको छ । 

'चियाका पारखीलाई सस्तो र गुणस्तरिय चिया उपलब्ध गराउनु र दुबईको जस्तो मुलुकबाट विश्वका विभिन्न मुलुकमा फैलिएको ब्राण्डलाई नेपालमा चेनको रुपमा भित्र्याएर यो पाँचाैं आटलेटको रुपमा स्काई टावरमा आउटलेट सञ्चालनमा ल्याएका छाैं । अब वैशाखभित्रै थप दुई शाखा अन्य स्थानमा पनि सञ्चालनमा आउने तयारी चलिररहेको छ ।' सञ्चालक नविन खड्काले भने ।

a4441ef7-b756-4a3c-a058-989d584d5819-1738584012.jpg

 फिल्लीले पोखरा र नेपालगञ्जमा समेत आउटलेटको तयारी गरिरहको जनाएको छ ।  कार्यक्रममा फिल्लीका दुबई प्रतिनिधि तथा चिफ विजनेश अफिसर हितेस मेहेता र माैरिससका प्रतिनिधि समेत सहभागी भएका थिए ।

फिल्ली दुबईसहित भारत, अमेरिका, क्यानडा लगायत १४ मुलुकमा सञ्चालनमा आइसकेको मेहेताले जनाए ।

फिल्ली ’जाफ्रान टी’को लागि परिचित छ, जुन केसरको साथमा चियाको मिश्रण हो । फिल्लीले आइस्ड चाइ, मिल्कशेक, मकटेल, बन कबाब, स्यान्डविच, फूडल, मोमोज लगायतका विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि उपलब्ध गराउँदछ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update