कास्की । तालैतालले भरिपूर्ण पोखराका ९ वटा ताल सिमसारमा सूचीकृत छन् । तर, अहिले यि तालहरुमाथि संकट मडारिएको छ । आफ्नो अस्थित्वको लडाईमा देखिन्छन् तालहरु ।
पछिल्ला दिनहरुमा मानवीय गतिविधि प्रकृतिका लागि हानिकार बन्ने क्रम बढ्दो छ । मानवीय अतिक्रमण, पहिरो, सिल्टेशन, प्लास्टिकजन्य फोहोर तथा ढल मिसावट लगायतका कारण अन्य क्षेत्रजस्तै देशभरका तालतलैयाहरु संकटमा परिरहेका छन् ।
त्यसमा पनि तालैतालले भरिपूर्ण मानिने पोखरामा समस्या तीव्र गतिमा जटिल बनिरहेको सरोकारवालाहरुले औल्याएका छन् । हाम्रो साझा भविष्यको रक्षार्थ सिमसार भन्ने नाराका साथ फ्रेबुअरी २ अर्थात आईतबार विश्व सिमसार दिवस मनाइरहँदा तालहरुको अवस्थाबारे चर्चा गरिएको हो ।
औपचारीक कार्यक्रम गरेर दिवस मनाएपनि सिमसार क्षेत्र संरक्षणमा भने देखिने गरि कुनै काम हुन सकेको छैन ।
पोखराका तालहरुको अवस्था
– फेवाताल, बेगनास ताल‚ रूपा ताल,
– गुँदे ताल, खास्टे ताल, न्युरेनी ताल
– दिपाङ ताल, कमलपोखरी र मैदी ताल
– यि तालहरु विश्व सिमसार दिवसको अवसरमा २०७२ सालमा पोखराका रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो ।
– पोखराका नौ तालले २६ हजार १०६ हेक्टर क्षेत्रफल ओगटेका छन् ।
– तर ती ताल र सिमसार क्षेत्रमा भैरहेको अतित्रमणले प्रकृतिलाई प्रभावित छ ।
वाइट ः कृष्णमणि बराल, अभियन्ता, वातावरण तथा पर्यावरण
हुन त, पोखराका तालहरु सिमसार क्षेत्रमा सूचीकृत भएपछि संरक्षणका लागि स्थानीयहरुले समिति नै बनाएर संरक्षणको प्रयास थालिएको छ । तर सिमसार क्षेत्रमा निजी जग्गा समेत परेकाले सिमसार क्षेत्र मास्दै पूर्वाधार खडा गर्ने प्रतिस्पर्धा छ । सिमसार क्षेत्रको जग्गा खरिदबिक्री र पुर्ने काम भइरहेको छ ।
तालसँगै जोडेर रेस्टुरेन्ट र रिसोर्ट बनाउने काम पनि रोकिएका छैनन् । १०० वर्षमा फेवा र रूपा तालको ५० प्रतिशत क्षेत्रफल र गहिराइ घटेको सकारी अध्ययनले देखाएको छ ।
तालमा आश्रीत व्यक्तिहरु समेत यसबाट प्रभावित भएका छन् । सिमसारको विश्व स्तरमै संरक्षण गर्न सन् १९७१ मा जल पन्छीको वासस्थानसम्बन्धी सिमसार (राम सार) महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरू सामेल भएका छन् । नेपाल भने औपचारिक रूपमा सन् १९७१ मा उक्त महासन्धिको सदस्य भएको हो । तर महासन्धि अनुरुप सिमसारको संरक्षण हुन सकेको भने छैन ।
राष्ट्रिय सिमसार नीति, २०६९ मा पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्रलाई सिमसार भनी परिभाषित गरेको छ । नेपालमा १० वटा सिमसार क्षेत्र छन् । ओसिलो, दलदले, पानी जमिरहने सिमसार पानीको स्रोत भएको क्षेत्र हो ।
पर्यावरणीय दृष्टिकोणले सिमसारको ठूलो महत्व छ । सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरूलाई पृथ्वीको मिर्गौला पनि भनिन्छ । तर, मानविय गतिविधिले थपिएको चुनौतीलाइ सामाना गर्न नसक्दा सिमसार क्षेत्रमा संकट बढ्दो छ । सरकारले बेलैमा उचित समाधानका काम थाल्नु आवश्यक छ ।