काठमाडौं । अन्तर्राष्ट्रिय महिला टी–२० सिरिजअन्तर्गत थाइल्याण्डसको खेलमा पनि नेपालले पराजय ब्यहोरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिरिजमा नेपालले लगातार दोस्रो हारा ब्यहोरेको हो । नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै ५८ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ६० रन जोडिन् । घरेलु मैदानमा टस जितेर पहिलो पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १०१ रनको स्कोर बनाएको थियो । नेपालका लागि कविता कुँवर र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए ।
ओपनर सम्झना खड्काले रनको खाता खोल्न नसक्दा ममता चौधरीले मात्र २ रन जोडिन् भने पुजा महतो ६ तथा रुबिना क्षेत्री ४ रनमा आउट भए । कविता जोशी ८ तथा सिता राना मगर २ रनमा आउट भए । शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो ।
थाइल्याण्डले भने शुक्रबार नेदरल्याण्ड्सविरूद्ध ८ विकेटको सानदार जित निकालेको थियो । सिरिजमा तीनै टोलीले दुई दुई पटक एक अर्काविरूद्ध खेल्नेछन् ।