News 24 Television
चेम्बर एक्स्पोमा कञ्चनजंगाका उत्पादन किन्दा विशेष छुट !

काठमाडाैँ । भृकुटीमण्डपमा हाल सञ्चालन भइरहेको आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ मा गएर कंचनजंगाका सामग्री किन्दा विशेष छुट पाइने भएको छ । सावित्री कंचनजंगा अगरबत्तीले उक्त एक्स्पोमा गएर आफ्ना प्रडक्टहरू खरिद गर्दा ग्राहकहरूको लागि विशेष छुटको व्यवस्था मिलाएको हो । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको सफ्टवेयर एण्ड प्रोजेक्ट सहितको उक्त एक्स्पो माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोको आयोजना अवधिभर कंचनजंगाको स्टल भृकुटीमण्डपमा रहने र सो स्थानमा पुगेर पूजाका सामग्री खरिद गर्न सकिने कम्पनीका जनरल म्यानेजर पुष्कर केसीले जानकारी दिए । ‘हामीले चेम्बर एक्स्पोमा आउने अवलोकनकर्तालाई पूजाका सामग्रीहरू खरिद गर्दा सहज होस् भनेर स्टल राखेका हौं, स्टलमा पूजाका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध छन्, त्यहाँ गएर पूजाका कुनै पनि सामग्री खरिद गर्दा छुट हुनेछ,’ उनले भने ।

हाल उक्त कम्पनीले करिव १०० वटा सुगन्धित अगरबत्ती प्रडक्ट उत्पादन गर्दै आएको छ ।पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्रान्डको रूपमा स्थापित छ ।

नेपालमा नम्बर वान सावित्री कंचनजंगा अगरबत्ती गुणस्तरीय हुनुका साथै आम उपभोक्ताबिच निकै लोकप्रिय छ । यस्तै, उक्त ब्रान्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाम लगायतका देशमा पनि निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update