काठमाडौं । पछिल्ला केहि वर्षयता स्वास्थ्य बीमा प्रभावकारी नभएको गुनासो बढन थाले पछि सरकारले यसको परिमार्जनतर्फ ध्यान केन्द्रित गर्ने तयारी गरेको छ ।
स्वास्थ्य बीमामा देखिएका विभिन्न समस्याका कारण बीमीतहरुमा बीमा प्रति नै विश्वास हटेको तथ्य समेत बाहिर आउँन थालेकाले बीमा कार्यक्रमलाई सुुधार एवम् परिमार्जन गर्नु पर्ने अवस्था आएको हो ।
स्वास्थ्य बीमाले सहजता भन्दा असहजता बढाएको गुनासो बढ्न थालेपछि सरकारले यसलाई परिमार्जन गर्ने तयारी अघि बढाएको छ । स्वास्थ्य उपचार सहज हो भन्ने उद्देश्यले ८ वर्ष अघि सरकारले स्वास्थ्य बीमा कार्यक्रम संचालमा ल्याएको थियो । तर सरकारले जुन उदेश्यले स्वास्थ्य बीमा संचालनमा ल्याएको थियो, सोही अनुरुप स्वास्थ्य बीमा संचालन हुन नसक्दाँ केहि वर्षयता स्वास्थ्य बीमा प्रति उदासिन्ता बढेको छ ।
साथै बीमा कार्यक्रमलाई चुस्तदुस्त बनाउँन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य बीमा बोर्डर्न महिनै देखि नेत्तृवविहिन बन्दा थप समस्या समेत थपिएको छ । स्वास्थ्यमा समस्या आएको अवस्थामा उपचारका लागि महंगो शूल्क तिर्नुपर्ने हुन्छ ।
अझ निम्न वर्गीय व्यतिmले उपचार खर्च जुटाउनु परेको अवस्थामा निकै सास्ती व्यवहोर्नुपर्ने हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका थिए ।
सोहि अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रमलाई सुधार तथा परिमार्जनका लागि समिति गठन गरी प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश गरेको छ । जुन प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको मन्त्रालयको भनाई छ ।
गत माघ ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन समेत दिएको थियो ।
सोहि अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका लागि मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन समेत गरिएको थियो ।
सुझाव समितिले समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि प्रधानमन्त्रीसमक्ष प्रतिवेदन गत आइतबार बुझाएको छ । मन्त्रालयले तयार बनाएको प्रतिवेदनमा स्वास्थ्य बीमामा सुधार गर्दै ५ लाख पुर्याउने लगायतका विषय समेत समेटिएको मन्त्रालयले जनाएको छ ।
साथै मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशन मार्फत स्वास्थ्य बीमाका केहि ऐन संसोधन गर्ने तयारी समेत मन्त्रालयले गरेको छ ।
हालसम्मको अवस्था
– हाल स्वास्थ्य बीम कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुुक्तानी गर्न बाँकी
– यस कार्यक्रममा कुल जनसंख्याको २७ प्रतिशत नागरिक आबद्ध
– आवद्ध भएकामध्ये सेवा लिने ४८ प्रतिशत
पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विभिन्न समस्याका कारण स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको स्वास्थ्य मन्त्रायको भनाई छ ।
प्रमुख समस्या के ?
– स्वास्थ्य सेवा नपाउनु
– सेवा प्राप्त गर्न लामो समय लाइन कुर्नुपर्ने बाध्यता
– बीमा गरेका र बीमा नगरेका विरामीको सेवामा विभेद
– सुविधा पाउने प्रक्रिया नै झन्झटिलो
– बढ्दो फेक क्लेम, बीमा गरेका बीमीतहरुले बीमा आवश्यक नपर्दा पनि प्रयोग गर्नै पर्ने भन्ने सोच हाबी हुनु
– स्वास्थ्य बीमा सामाजिक उत्तरदायित्वको सोचमा आधारित कार्यक्रम भन्ने जानकारी र यसको मर्म नबुझ्नु
स्वास्थ्य बीमामा देखिएका यि सबै समस्याको समाधान र सुधारका लागि स्वास्थ्य मन्त्रालयले दू्रत काम गर्ने र तालुकदार निकायले गर्नुपर्ने काम कारबाही समेत तोकिने योजना बनाइरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । जनस्वास्थ्य जस्तो संवेदशिल क्षेत्रमा सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ ।