सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित सरस्वती माध्यमिक विद्यालय भक्तिपुरको ६० औं वार्षिकोत्सव माघ महिनाको १९ गतेदेखि २१ गते सम्म हीरक महोत्सव मनाइने भएको छ । महोत्सवको उद्घाटन मधेश प्रदेश सरकारकाका मुख्यमन्त्री शतिस कुमार सिंहले गर्ने ईश्वरपुर नगरपालिकाले जनाएको छ ।
सरस्वती माध्यमिक विद्यालय भक्तिपुरको ६० औं वार्षिकोत्सव २०८१ को हीरक महोत्सवमा विविध सांस्कृतिक र धार्मिक कार्यक्रमहरूको आयोजना गरियको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कूमार आचार्य जानकारि दिए ।
महोत्सवको पहिलो दिन विशेष रूपमा भक्तिपुरमा प्रभातफेरी, शोभायात्रा, खेलकुद प्रतियोगिता र धार्मिक अनुष्ठानसहित सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने विद्यालयले जनाएको छ । दोस्रो दिन मार्च पास, प्रवेशद्वार उद्घाटन, अतिथिहरूको सम्मान र लोक नृत्य प्रतियोगिता आयोजना हुने बताइएको छ । महोत्सवको समापन तेस्रो दिन सरस्वती पूजा, प्रसाद वितरण र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसँग हुनेछ ।
यस महोत्सवले विद्यालयको मात्र नभइ ईश्वरपुर नगरपालिकाको इतिहास र परंपरालाई सम्मान गर्ने अवसर प्रदान गर्ने विश्वास रहेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कूमार आचार्य बताए ।