News 24 Television
विद्या भण्डारीमाथि प्रदीप आक्रामक, रुपन्देही पुगेर यस्तो चुनौति !

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने सुर कस्दैछिन् । फर्किदा एमालेमै फर्किने प्रष्ट जवाफ दिने गरेकी भण्डारीलाई सहजै एमालेको ढोका खुला रहला ? 

शंका भन्दा ज्यादा डर देखिन्छ । एमालेको एक पक्ष भण्डारीलाई एमालेमा सक्रिय बनाउने अभ्यासमा जुटेपनि केपी ओली पक्षले भने सहजै प्रवेश नदिने संकेत प्रष्ट पार्न थालेको छ । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ७ वर्षसम्म मुलुकको नै नेतृत्व गरेपछि आफ्नै निवासमा समय व्यतित गरिरहेकी छन् । प्रष्ट भन्दा उनी अहिले सक्रिय सत्ताभोगबाट वन्चित छन् । तर, अब भने उनले राजनीतिमै फर्किने सुर कसिरहेको स्थिति छ । एमालेमा एउटा पक्ष उनलाई सक्रिय राजनीतिमा ल्याएर केपी ओलीलाई साइजमा ल्याउने रणनीतिमा देखिन्छन् । तर, खुलेर नेताहरुले यो विषयमा बहस भने गर्न सकेको देखिन्न । यस परिवेशमा भण्डारी आफैले राजनीतिमा फर्किने प्रष्ट संकेत गरिदिएकी छन् । 

पूर्वका केहि जिल्लामा घुमघाम गरिरहेकी उनले एमाले नेताहरुलाई भेट्ने, भलाकुसारी गर्ने र राजनीतिक चर्चा चलाउने गरिरहेकी छन् । अझं एमाले उपाध्यक्ष गुरु बरालले सञ्चालन गरेको कार्यक्रमको वक्ता समेत बनिसकेकी भण्डारीले त्यो कार्यक्रममा समेत खुलेरै आफू अहिले फुर्सदिलो भएको र नेताहरु भेट्न मन लागेकाले झापा मोरङ आएको भनेकी छन् । 

यतिमै नरोकिएकी उनले सक्रिय राजनीतिमा आउने कुरालाई सहज रुपमा लिनुपर्ने भन्दै राजनीतिबाटै राष्ट्रको नेतृत्व गरेकाले फर्किएमा केहि नयाँ नहुने भनिरहेकी छन् । यस्तोमा लुम्बिनीको रुपन्देहीमा पुगेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने उनको सक्रिय राजनीतिमा फर्किने सम्भावना नै नभएको भनेका छन् ।

ओलीका निकट मानिने ज्ञवालीले देशको स्थिति नै फरक मोडमा पुगेको खण्डमा बाहेक पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने कुर अस्वभनिए नै भनिदिएका छन् । 

भण्डारीको सक्रियता बढेपछि एमालेमा ओली पक्षका नेताहरु जुर्मुराउन थालेका छन् । उनीहरुले भण्डारीको सक्रिय राजनीतिको बाटो नै बन्द भएको भनिरहेका छन् । भने समाजले पनि स्वीकार गर्ने स्थिति नरहेको दाबी गरिरहेका छन् । यस्तोमा अब भण्डारीले कसरी आफूलाई अघि सार्छिन भन्ने विषय थप रोचक मोडमा पुगेको छ । 

एमालेको त्यो सम्मान

एमालेले हीरक जयन्ति मनाएरै पूर्वराष्ट्रपतिको हैसियतमा सम्मान नै गरेको थियो । एमालेले चलाखिपुर्वक भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्ने गरि सम्मान गरेको थियो । भने भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन प्रयास गर्नेहरुमाथि ओलीले झड्का लगाइदिएका थिए । तर, यो कार्यक्रमले नरोकिने संकेत भने भण्डारीले एमालेका विभिन्न कार्यक्रममा उपस्थित भएर गर्ने गरेकी छन् । यता, ओलीले पनि आफू रहुन्जेल भण्डारीको पुनरागमनको सम्भावना नरहेको पार्टीका बैठकमा प्रष्ट भनिसकेको बताइन्छ । यस्तो स्थितिले पनि अब एमालेको राजनीतिमा नयाँ मोड आउने सम्भावना भण्डारीको सक्रियताले नै बताउनेछ । 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update