News 24 Television
ऊर्जामन्त्रीका नाममा लफडाको संकेत ! सांसदहरु कै भागाभाग ! 

काठमाडौं । नेपाली कांग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काविरुद्ध संसदीय समितिमा परेको उजुरीबारे गर्ने भनिएको छलफल कोरम नपुगेको भन्दै स्थगित गरिएको छ । 

संसदीय समितिमा सांसदहरु उपस्थित नहुने रोग पुरानै भएपनि गम्भीर उजुरीमाथिको छलफलमा कांग्रेसले अघोषित बहिस्कार गरेको आरोप शुरु भएको छ । 

आफ्नो पार्टीबाट मन्त्री बनेकाहरु विरुद्ध परेको उजुरीबारे छलफल गर्नु पर्ने अवस्था आएपछि नेपाली कांग्रेसका सांसदहरुले चलाखिपूर्ण ढंगले संसदीय समितिको बैठक नै बहिष्कार गरेका छन् । 

दुई ठूला जलविद्युत परियोजनाहरु मुगु कर्णाली र किमाथाङ्का अरुण परियोजना निजी क्षेत्रलाई दिने निर्णयबारे ऊर्जामन्त्री दीपक खड्का र ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङविरुद्ध प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा उजुरी परेको छ । 

यो उजुरीमा छलफल गर्न भन्दै डाकिएको बैठकमा सांसदहरुको उपस्थिति कोरम नै नपुग्ने किसिमको बनेपछि बैठक स्थगित गर्नुप¥यो । बैठकमा सांसदहरुको अनुपस्थितिका कारण स्थगित गर्नुपरेको दाबी समितिका सभापति दीपक सिंहको छ । 

सांसदहरु सहिद दिवसलगाएत अन्य विभिन्न कार्यक्रममा उपस्थित हुन बाहिर गएकाले यस्तो स्थिति आएको दाबी गरिएको छ । तर, माओवादी केन्द्रले भने कांग्रेस सांसदहरुले हाजिर गरेपनि बैठक बस्ने समयसम्म अन्य काम परेको भन्दै बाहिरिनुलाई संयोगको रुपमा लिन नमिल्ने  आशय व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाका प्राय समितिहरु कोरम नपुग्ने कारण बैठक नै बस्न नसक्ने स्थिति सिर्जना हुने गरेको छ । मिनि पार्लियामेन्ट भनिने संसदीय समितिमा देखिएको यस्तो अन्योलताले समितिको औचित्यमाथि नै प्रश्न भने उठ्न थालेको छ । 

कांग्रेस सांसद को थिए ?

नेपाली कांग्रेसबाट कल्पना चौधरी र राजेन्द्र बजगाई समितिको बैठकमा उपस्थित भएका थिए । तर, उनीहरु बैठक पुस्तिकामा हस्ताक्षरपछि अन्यत्र काम परेको भन्दै बाहिरिएको माओवादी केन्द्रबाट समिति सदस्य रहेका माधव सापकोटाको आरोप छ । 

सदस्य सापकोटाको यो अभिव्यक्ति भनेको, उजुरीविरुद्दको एजेण्डा पेश गर्ने समयमा दुबै सांसदहरु बाहिरिएको भन्ने हो । तर, मन्त्री खड्का र राज्यमन्त्री बैठकको कोरम नपुगेपछि फर्किएका थिए । 

समितिमा कति उपस्थित थिए ?

समितिका सभापति दीपक सिंहका अनुसार समितिको बैठकमा १२ सांसदमात्रै उपस्थित भएका थिए । जबकी समितिमा सदस्य संख्या नै २६ रहेको छ । भने बैठक बस्नका लागि १४ सांसदको उपस्थिति अनिवार्य हुन्छ । २ जना सांसद नपुग्दा समितिको बैठकमा १ घण्टासम्म कुर्नुपरेको बताइन्छ । 

बैठकमा नेपाली कांग्रेसका दुई, एमालेका पाँच, माओवादीका एक, राप्रपाका २, जसपाबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना नै बैठकमा अनुपस्थित थिए । यसरी बैठक हाप्ने सांसदका कारण मन्त्रीविरुद्धको उजुरीको छलफलको समय अब माघ २४ गते विहान ८ बजेका लागि सम्म स्थगित भएको छ ।

संसदको अवस्थिति हेर्दै कांग्रेस

प्रतिनिधिसभाको बैठक माघ १८ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । यो बैठकमा शीर्ष नेतासहित प्रधानमन्त्रीले पनि सम्बोधनको कार्यतालिका छ । 

त्यसपछि पनि संसद बैठक बस्ने समय पर्याप्त छ । यसरी संसदमा यो विषय कसरी उठ्छ भन्ने विषयमा कांग्रेसले चलाखीपूर्वक हेर्ने र समितिमा उपस्थित हुने तयारी गरेको देखिन्छ । 

ऊर्जामन्त्री खड्का र राज्यमन्त्री तामाङ नै विवादको घेरामा परिरहेका मन्त्रीहरु हुन् । तर, कांग्रेसले उनीहरुको संरक्षण गरिरहेकाले पनि यो विषय पर्ख र हेरको स्थितिमै धकेलिने देखिन्छ । 

अनुपस्थिति माथि सहिद दिवसको लेपन

समिति बैठकमा सांसदको अनुपस्थितिलाई सहिद दिवसको कार्यक्रमले व्यस्तता बढाएको रुपमा समेत अथ्र्याउन खोजिएको छ । तर, सहीद दिवस माघ १६ गते नै पर्ने विषय लुकेको विषय होइन् । तर, यहि विषयलाई लिएर पन्छिन खोज्ने राजनीतिक प्रवृत्तिलाई भने पत्याउने वातावरण बन्न सक्ने अवस्था छैन् । 

मन्त्री र राज्यमन्त्रीको सांकेतिक उपस्थिति

जलविद्युत परियोजनामा घोटाला गरेको आरोपको उजुरीमा संसदको समितिमा कस्तो छलफल होला भन्ने चासोको विषय बनिरहेको छ । तर, सत्ता पक्षका सांसदहरुको अनुपस्थितिदेखि प्रतिपक्षी दलका सांसदहरुकै अनुपस्थिति भने चाखलाद्गो देखिन्छ । यसले सत्ता र प्रतिपक्षी दलबीच यी विषयमा केहि चोचोमोचो त भएन भन्ने शंका गर्ने ठाउँ समेत देखिन्छ । तर, मन्त्री खड्का र तामाङको उपस्थिति भने सांकेतिक बन्न पुगेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update