काठमाडौं । केही रोगहरु यस्ता हुन्छन्, जसको जोखिम गर्मि मौसमको तुलनामा जाडोमा उच्च हुने गर्दछ । मस्तिष्कघात अर्थात ब्रेन स्ट्रोक जाडोमा उच्च जोखिम हुने समस्या हो । ब्रेन स्ट्रोक भएमासमयमै उपचार नपाए यसले आजिवन अपाङ्गता बनाउने मात्र नभए तत्काल मृत्यु समेत हुने गर्छ । पछिल्ला वर्षहरुमा ब्रेन स्टोकका विरामीको संख्या बढ्दो क्रममा छ । मृत्युसम्मको जोखिम निम्त्याउने ब्रेन स्ट्रोक वास्तवमा कस्तो समस्या हो ? अनि, गर्मि भन्दा जाडो मौसममा यसको जोखिम किन बढ्छ त ?
नेपालमा पछिल्ला वर्षहरुमा मस्तिष्कघात अर्थात ब्रेन स्ट्रोकका विरामीको संख्या बढ्दो क्रममा छ । गर्मि मौसमको तुलनामा जाडोमा बे्रन स्ट्रोक हुने जोखिम ५ गुणाले बढ्ने गर्दछ ।
के हो ब्रेन स्ट्रोक ?
– सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ ।
– मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले आमरुपमा यो रोगलाई प्यारालाइसिस समेत भन्ने गरिन्छ ।
– सामान्य ब्रेन स्ट्रोक टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोस हुने, आँखा नदेख्ने जस्ता समस्या हुन्छ ।
– मस्तिष्कघात हुँदा मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भयो भने मृत्युसमेत हुन्छ ।
मस्तिष्कघात भएका विरामीले समयमै उपचार नपाए अंगभंग हुने अथवा शारिरीक कष्ट धेरै वेहोर्नुपर्ने हुन्छ ।
विश्वभर डरलाग्दो समस्या !
– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सर्वेक्षण अनुसार विश्वभर मृत्युको प्रमुख कारण तथा शारिरीक विकलांगता हुने प्रमुख तेस्रो कारण मध्ये ब्रेन स्ट्रोक अर्थात मस्तिष्कघात हो ।
– नेपालमा ब्रेन स्ट्रोकका विरामीको यकिन तथ्यांक नभए पनि वार्षिक ३ देखि ४ हजार मानिसब्रेन स्ट्रोक पीडित हुने गरेको आकलन छ ।
– हाल काठमाडौंको वीर अस्पतालको न्यरो सर्जिकल विभाग अन्र्तगत उपचार गराइरहेका विरामी मध्ये ६० प्रतिशत विरामी मतिष्कघातकै छन् ।
–
जाडोमा ब्रेन स्ट्रोकको जोखिम बढ्ने कारण के ?
- जाडो मौसममा गर्मिको तुलनामा कम व्यायाम गर्ने प्रवृत्ति छ । यसले उच्च रक्तचापको समस्या बढाउछ । सोही कारण स्ट्रोकको जोखिम बढ्छ ।
- जाडोमा रगत जम्ने वा गाढा हुनाले
- जाडोयाममा चिसोका कारण मुटुको चालमा गडबडी हुने हुँदा
- जाडोका कारण रक्तनलीमा रोकावट हुने हुँदा
- जाडोमा बढ्ने वायु प्रदूषणका कारण
- जाडोयाममा कम पानी पिउने भएकाले शरीरमा डिहाइड्रेसन उत्पन्न भएर
ब्रेन स्ट्रोकको जोखिम कसलाई बढी ?
- गर्भनिरोधक चक्की सेवन गरिरहेका महिला
- मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका विरामी
- मध्यपान तथा धुम्रपान गर्ने व्यक्ति
- ५० वर्ष नाघेका व्यक्तिहरु
- शारिरीक व्यायाम कम गर्ने व्यक्ति
ब्रेन स्ट्रोक हुँदा व्यक्ति एक्कासि बेहोस हुने गर्दछ । अन्य समस्याका कारण बेहोस हुँदा मानिस एकैछिनमा आफैँ ठीक हुने भए पनि स्ट्रोक हुँदा लामो समयसम्म बेहोस हुने अर्थात् होसमै नआउने हुन्छ । साथै अचानक मुख बांगिने, प्यारालाइसिस हुने, कमजोर महसुस हुने, एक्कासि आँखा नदेख्ने यसका मुख्य लक्षण हुन् ।बे्रन स्ट्रोक भएमा सकेसम्म छिटो उपचारमा लैजान आवश्यक हुन्छ । जति छिटो उपचार गर्न सकियो, त्यति नै शरिरीक विकलंगताको जोखिम कम हुने चिकित्सक बताउँछन् ।