इजरायलद्वारा २०० प्यालेस्टिनी कैदी रिहा
काठमाडाैँ । इजरायली अधिकारीहरूले हमाससँगको कैदी आदानप्रदान सम्झौताको दोस्रो चरणको एक भागको रूपमा २ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।
प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले कैदीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको बताए । केही कैदीहरूलाई ओफर जेलबाट वेस्ट बैंकमा रिहा गरिएको थियो भने गाजा वा विदेश निर्वासनको लागि लगिएका अरूलाई दक्षिणी इजरायलको नेगेभ जेलबाट रिहा गरिएको थियो ।
रामल्लाह गभर्नरेटका प्यालेस्टिनी अधिकारीहरूले पनि रिहाको समन्वय गरेका थिए । रिहा गरिएकाहरूमध्ये १६ जना गाजा गए । प्यालेस्टिनी कैदी मामिला प्राधिकरणका अनुसार २०० कैदीहरूमा १२१ जना आजीवन कारावासको सजाय भोगिरहेका थिए । ७९ जना लामो सजाय भोगिरहेका थिए ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय