
काठमाडौँ । आई.एम.एस कलेजमा हल्ट प्राइज आई.एम.एस को प्रिजेनटेसन मास्टर क्लास सम्पन्न भएको छ । उक्त कार्यक्रममा मुख्य वक्ता सफ्ट स्किल ट्रेनर एवम् निम्बस मोटोकर्पका व्यापार प्रमुख रहेका थिए । सो कार्यक्रममा मुख्य वक्ता असिम शर्माद्वारा प्रिजेनटेसन प्रभावकारी रूपमा कसरी प्रस्तुत गर्ने भन्ने मार्गदर्शन सहभागीलाई दिइएको थियो ।
उक्त क्लासमा सहभागीहरूलाई आफ्नो आइडिया प्रस्तुत गर्दा आइडियाले ल्याउने समस्याको समाधनदेखि त्यसले कसरी समाजमा अथवा विश्वमा सकारात्मक परिवर्तन र नविनतम अवधारणा ल्याउन सक्छ भन्ने विषयको प्रस्तुती दिइएको थियो ।
यो विषयलाई स्पष्ट पार्न विभिन्न आइडिया मन्चमा प्रस्तुत गरेका सहभागीहरुको उदाहरण दिई साथै टेस्ला र स्टारलिङ्क जस्ता कम्पनीको पनि उदाहरण प्रस्तुत गरिएको थियो ।
साथै सहभागीले फाईनलमा हल्ट प्राइजको आईडिया पिच गर्दा आउने जटिल प्रश्नलाई गहन अध्ययन साथै त्यसको प्रोटोटाइप अथवा केही स्रोत उल्लेख गरेमा आफ्नो प्रस्तुती दमदार गर्न सकिन्छ भन्ने कुरालाई जोड दिएका थिए ।
उक्त कार्यक्रमलाई प्रतिस्पर्धी उन्मुख बनाउँदै सहभागीले सोधेका प्रश्नलाई निकै रोचक तरिकाले जबाफ दिई सबैलाई हौसला साथै प्रेरणा दिएका थिए ।
समग्रमा यो कार्यक्रमले सहभागीहरुलाई फाइनलको प्रिजेनटेसन गर्ने प्रयोगात्मक ढाँचा साथै मार्गर्दशन गरेको छ । साथै यो कार्याक्रमले मिथिला थिङस, आरस्क फुड, सन सेकुरिटिज,एथर, ज्योती विकास बैँक, समाज डेन्टल, पिएम नुडलस, एनएमबी बैंक , एडभान्स सरस्वती, अरबान मेज, रियल र्बस्ट, ग्लोबल टेलरिङ, लाभा लन्ज एण्ड बार, के टिएम, क्रेटिभ लिङ्क , प्रोसर र आइडिया प्रेन्युर नेपाल द्वारा साथ दिएको थियो ।