News 24 Television
ट्रम्पको निर्णयले नेपालको स्वास्थ्य क्षेत्र संकटमा

काठमाडौं । संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लुएचओबाट बाहिरिने निर्णय गरेसंगै यसले स्वास्थ्य क्षेत्रमा प्रभाव पर्ने देखिन्छ । अमेरिका डब्लुएचओबाट बाहिरने तथा डब्लुएचओलाई प्रदान गरिदै आएको सहयोग समेत रोक्का गर्ने तथ्य बाहिरिएको छ । यो तथ्य बाहिरीएसँगै विश्वभरको स्वास्थ्य क्षेत्रमा असर पर्ने चिन्त्ता बढ्न थालेको छ । साथै नेपालमा पनि डब्लुएचओ अन्र्तगत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएकाले नेपालको स्वास्थ्य क्षेत्रमा प्राप्त सहायतामा समेत प्रभाव पर्ने जोखिम बढाएको छ ।  

संयुक्त राष्ट्र संङ्घको एक महत्वपूर्ण संस्था हो, विश्व स्वास्थ्य संगठन डब्लुएचओ । अमेरिकाकै सहयोगका लागि सन् १९४८ मा यसको स्थपना भएको थियो । डब्लुएचओको प्रमुख उद्देश्य नै विश्वभरको स्वास्थ्य चुनौतीको सामना गर्नु र जनकल्याणका रुपमा काम गर्नु हो । यसरी जनकल्याणका रुपमा काम गर्दै आएको डब्लुएचओको महत्वपूर्ण दाताका रुपमा संयुक्त राज्य अमेरिका रहदै आएको छ ।

विश्व स्वास्थ्य संगठनको वर्षिक बजेट ६ दशमलव ८ अर्ब डलर रहदै आएकोमा यसको ठूलो हिस्सा अमेरिकाकै योगदान रहेको छ । तर अमेरिकाका ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथ लिए लगत्तै विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई बाहिर निकाल्ने निर्णय गरेका छन् । उनले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट बाहिर निकाल्ने घोषणा गरेसँगै यो विषयले चर्चासंगै र चिन्ता समेत बढाएको छ । 

संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि पनि पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए । उनले विश्वभरी कोरोना भाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लुएचओको आलोचना समेत गरेका थिए । सन् २०२० मा ट्रम्पले डब्लुएचओलाई प्रदान गदै आएको अमेरिकी फन्डि रोक्ने चेतावनी समेत दिएका थिए । 

- संयुक्त राज्य अमेरिका बाहिरिएमा, स्वास्थ्य कार्यक्रमहरूमा कस्तो जोखिम पर्ला ?  

 - संयुक्त राज्य अमेरिका बाहिरिएमा, संगठन अन्र्तगतका विभिन्न महत्वपूर्ण कार्यक्रमहरू संकटमा पर्ने,

- विशेषगरी क्षयरोग, एचआईभी र अन्य स्वास्थ्य आपतकालीन कार्यक्रमलाई गम्भीर असर पार्ने सक्ने,

- ट्रम्पको आदेश अनुसार, विश्व स्वास्थ्य संगठनको महामारी सम्झौतासम्बन्धी वार्ताहरू रोक्न सक्ने,

- विश्व स्वास्थ्य संगठनसँग कार्यरत अमेरिकी सरकारी कर्मचारीहरू अमेरिका नै फिर्ता बोलाउन सक्ने, 

- नेपाल लगायतका अन्य मुलकहरुले वैकल्पिक स्वास्थ्य सहायता स्रोतहरू खोज्नुपर्ने स्थिति आउने,

- नेपालजस्ता देशहरू विश्व स्वास्थ्य संगठनको प्राविधिक तथा आर्थिक सहयोगमा निर्भर हुदाँ स्वास्थ्य क्षेत्र प्रभावित हुने जोखिम, 

नेपालमा हुने खोप कार्यक्रम, मातृ–शिशु स्वास्थ्य सेवा र महामारी आपतकालीन सहायता जस्ता प्रभावित हुने । 

विश्व स्वास्थ्य संगठनले खोप कार्यक्रम, मातृ–शिशु स्वास्थ्य सेवा, महामारी आपतकालीन सहायता, क्षयरोग नियन्त्रण जस्ता कार्यक्रम नेपाललाई सहयोग गदै आएको छ । 

यदि विश्व स्वास्थ्य संगठनबाट अमेरिका पछि हटेको अवस्थामा नेपाललाई स्वास्थ्य क्षेत्र तथा स्वस्थ्य उपचारको क्षेत्रमा प्राप्त सहयोग समेत प्रभावित बन्ने छ । तर डब्लुएचओ तथा अन्य निकायबाट आधिकारीक रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुनै पत्र नआएका कारण अहिले नै नकारात्मक सोँचिहाल्न नहुने नेपाल सरकारको बुझाई छ । 
  
विश्व स्वास्थ्य संगठनले विश्वभरका कुनै पनि रोगको बारेमा निर्देशिका बनाउने, रोकथामका उपाय, विभिन्न मुलुकमा आवश्यक पर्ने स्वास्थ्य जनशक्ति तथा प्राविधिक जनशक्ति लगायतका विषयमा निर्देशीका बनाउन सहयोग गर्दै आएको छ । 

साथै मुलुकको स्वास्थ्य रणनीति कस्तो र आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई कसरी अगाडी बढाउन आवश्यक पर्छ भन्ने विषयमा पनि डब्लुएचओले मार्गदर्शन गर्दै आएको छ । संयुक्त राज्य अमेरिका डब्लुएचओको आर्थिक तथा प्राविधि रुपमा समेत महत्वपूर्ण खम्बाका रहेकाले डब्लुएचओबाट अमेरिका हटेको अवस्थामा यसले विश्वभरको स्वास्थ्य क्षेत्र प्रभावित बन्ने विज्ञहरु औलाउँछन् ।

साथै विश्वका अन्य मुलकमा मात्र नभएर यदि अमेरिका डब्लुएचओबाट बाहिरीएको अवस्थामा अमेरिकालाई समेत असर पुग्ने देखिन्छ । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसीलाई डब्लुएचओले उपलब्ध गराउने महत्वपूर्ण तथ्यांकबाट समेत अमेरिका बन्चित हुने जोखिम पनि उत्तिकै छ ।  

अमेरिकाको विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णयले विकासशील देशहरूमा चलिरहेका एचआईभी, क्षयरोग, मलेरिया नियन्त्रण, मातृ–शिशु स्वास्थ्य र खोप कार्यक्रमहरू जोखिममा पर्ने देखिन्छ । अर्कोतर्फ विश्वभरि नयाँ महामारीहरू फैलनसक्ने सम्भावना समेत उच्च हुने विज्ञहरु औलाउँछन् । 

विश्व स्वास्थ्य संगठनको कोष कम हुँदा, भविष्यमा महामारी नियन्त्रण तथा खोप वितरणमा ढिलाई हुने जोखिम समेत बढ्ने भएकाले स्वास्थ्य उपचार तथा रोकथाममा समेत यसले चुनौती थप्ने देखिन्छ । नेपालको सन्र्दभमा हेर्ने हो भने विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा प्रविधिक तथा स्वास्थ्य रणनीति बनाउन समेत सहयोग गर्दै आएको छ । 

नेपालजस्ता विकासशील देशहरू विश्व स्वास्थ्य संगठनको प्राविधिक तथा आर्थिक सहयोगमा निर्भर छन् । यदि विश्व स्वास्थ्य संगठन कमजोर भयो भने, विभिन्न खोप कार्यक्रम, मातृ–शिशु, परिवार नियोजन, गर्भपतन स्वास्थ्य सेवा र महामारी आपतकालीन सहायता लगायत नेपालमा सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रम प्रभावित हुनेछ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले पेरिस जलवायु सम्झौता पनि फिर्ता लिने घोषणा गरेका छन् । यो निर्णयले पनि जलवायु परिर्वतनका कारण उत्पन्न विभिन्न परिर्वतनको सामना गरिरहेका नेपाल जस्ता विकासशील मुलुकहरु चपेटामा पर्ने देखिन्छ । 

साथै जलवायु परिर्वतनसँगै निम्तने विभिन्न स्वास्थ्य समस्याको जोखिम समेत बढाएको तथ्य बाहिर आइरहेकोबेला  अमेरिका डब्लुएचओबाट बाहिरिएमा जलवायु परिवर्तनका सन्दर्भमा पनि अप्रत्यक्ष असर पर्ने देखिन्छ । ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लुएचओबाट अमेरिकालाई अलग गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । 

उनको यो हस्ताक्षरपछि अमेरिकाले कम्तिमा एक वर्षका लागि डब्लुएचओलाई दिदै आएको सबै वित्तिय योगदानहरु बन्द हुनेछ । ट्रम्पको यो कदमप्रति विश्वभरका जनस्वास्थ्यका विज्ञहरुले आलोचना गरेका छन् । 

अमेरिकाको यो कदमले विश्वभरका मानिसलाई मात्रै नभई अमेरिकी नेतृत्व र वैज्ञानिक क्षमतालाई पनि नोक्सानी पु¥याउने भन्दै विश्वभर नै चिन्ता बढाएको छ । ट्रम्पको यो कदमले विश्वभर खासगरी एड्स, मलेरिया र क्षयरोग जस्ता संक्रामक रोगहरुसँग लड्न तथा दशकौँको उपलव्धीहरुलाई असर पार्न सक्ने भन्दै चिन्ता प्रकट हुन थालेको छ । 

संयुक्त राज्य अमेरिका अहिलेसम्म डब्लुएचओलाई सबैभन्दा ठूलो वित्तिय सहयोग गर्ने मुलुक पनि हो । जसका कारण पनि अमेरिका डब्लुएओबाट बारिहने घोषणासँगै यसले चर्चा र चिन्ता बढाएको छ । डब्लुएचओको समग्र कोषको करीब १८ प्रतिशत वित्तिय सहयोग अमेरिकाबाट नै प्राप्त हुदै आएको छ । 

डब्लुएचओको पछिल्लो दुई वर्ष सन् २०२४ देखि २०२५ को बजेट ६ दशमलव ८ बिलियन रहेको थियो । तर अमेरिकी कानुन अनुसार, विश्व स्वास्थ्य संगठन छोड्न एक वर्षको सूचना दिनुपर्छ र बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने प्रावधान रहेको देखिन्छ । 

डब्लुएचओबाट अलग अमेरिकालाई अलग गर्ने कार्यकारी आदेशमा हस्ताक्षरपछि चौतर्फी आलोचना हूँदा ट्रम्पले यो आदेशमा पुनर्विचार गर्न सकिने बताएका छन् । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update