काठमाडौं । ४६ औं पर्यटक प्रहरी दिवस मनाइरहँदा यस क्षेत्रका चुनौति र समग्र अवस्था कस्तो छ ? यो प्रमुख चर्चाको विषय बनेको छ । पर्यटनका लागि गन्तव्य र पर्यटक प्रमुख पक्ष हुन् ।
ती दुवै पक्ष सुरक्षित छन् भन्ने अनुभूति दिलाउनु मुख्य आवश्यकता हो ? यसका लागि पर्यटक प्रहरीको समग्र पक्ष सुधार प्रमुख सर्त हो । तर, अहिले नेपालमा पर्यटक प्रहरीको समग्र अवस्था कस्तो छ त ?
नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौति रहेको छ । ४६ औं पर्यटक प्रहरी दिवस शनिबार काठमाडौंमा मनाइरहँदा यस विषयले चर्चा पायो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे स्वयंमले जैविक विविधता जोगाउनुपर्ने चुनौतिको विषयबारे उजागर गरेका छन् । नेपालमा पर्यटनको विकास र प्रवद्र्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनु प्रमुख आवश्यकता भएको उनको भनाई छ ।
हुनत, पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने क्षेत्र होइन । सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरोकारवाला सबैको समन्वयमा जोड दिनै पर्ने सरोकारवालाहरुले सुझाव दिँदै आएका छन् ।
सरकारले खास प्रभावकारी योजना कार्यान्वयनमा ल्याउन नसकेपनि तालुकदार निकायका मन्त्री भने नदीको प्राकृतिक वहावमा अतिक्रमण नगरिदिन आग्रह गरिरहेका छन् । यस अघि प्रभावकारी योजना कार्यान्वयन पक्ष कमजोर भए पनि अब सुरधार गर्ने र नेपालमा पर्यटनको अनुकुल वातावरण छ भन्नेकुरा सरकारले स्थापित गरेर छोड्ने उनको प्रतिबद्धता भने छ ।
मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने खम्बाका रुपमा पर्यटकहरुलाई बताउने उनको भनाई छ । अहिले पर्यटक प्रहरीको सीमितता मात्रै होइन उनीहरुको सुरक्षा समेत प्रमुख विषय बनिरहेको छ । पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बताउँछन् ।
नेपाल सुन्दर मात्र नभइ सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको संख्या बढ्ने उनको भनाई छ ।
पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला हो, पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव भने हुँदैन । यसमा सरोकारवाला सबै निकायहरुको समान भुमिका अनिवार्य रहेको छ ।
कस्तो छ पर्यटक प्रहरीको अवस्था ?
– अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २४६
– पर्यटक प्रहरीको प्रभावकारिताका विषयमा समय–समयमा सरकारमाथि नै प्रश्न उठिरहेको अवस्था
– अब पर्यटक प्रहरी विस्तार गर्दै कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडसम्म नै लैजाने सरकारको तयारी
– अहिले २९ ठाउँमा मात्रै पर्यटक प्रहरीलाई सीमित
पर्यटनका लागि गन्तव्य र पर्यटक प्रमुख पक्ष हुन् । ती दुवै पक्ष सुरक्षित छन् भन्ने अनुभूति दिलाउनु सबैभन्दा पहिलो शर्त हो ।
सामान्य रुपमा बुझ्दा गन्तव्य र पर्यटक दुवै सुरक्षित छन् भन्ने वातावरण तयार गर्न मुख्य भूमिका निर्वाह गर्ने जिम्मेवारी पर्यटकीय प्रहरीको हो । तर, उनीहरुको प्रभावकारिता बढाउन आवश्यक साधन स्रोतको अभाव रहेकै छ । यसतर्फ सरकारले ध्यान दिनु आवश्यक छ ।