News 24 Television
वैकल्पिक शक्ति निर्माताहरुपनि बालेनकै आड खोज्दै, सहानुभूतिको व्यग्र प्रतिक्षा  

काठमाडौं । पछिल्लो समय मूलधारका राजनीतिक दलहरुसँगको विमत्ति र उनीहरुको कार्यशैलीकै कारण पनि वैकल्पिक धार निर्माण गर्ने क्रम जारी छ । 

मुख्य दलहरुको शासन पद्धति र शैलीमा विमत्ति राख्दै पार्टीभित्रकै नेताहरुले मात्रै होइन, नागरिकस्तरबाट पनि वैकल्पिक राजनीतिक दलको आधार निर्माण गरिनुपर्ने चर्को दवाव सृजना हुँदै आइरहेका छन् । 

यसको प्रमुख द्येय वर्तमान अवस्थमा सत्ता हाँकिरहेका काँग्रेस–एमाले र सत्ता हाँकिसकेको दल माओवादीजस्ता पार्टीको विकल्प खोजिनु नै हो । यस्तै अभ्यासका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्थापना भएको मान्न सकिन्छ । भने अहिले अन्य नेताहरुले पनि बैकल्पिक शक्तिको निर्माणमा भरपुर प्रयास गरिरहेका छन् ।

यो अभियानमा एमाले पूर्वनेता भीम रावल पनि मिसिएका छन् । यसका अलावा स्वतन्त्र रुपले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरु प्नि वैकल्पिक शक्ति निर्माणका अभियान्ता मान्न सकिन्छ । यद्यपि उनीहरुमध्ये कतिपयमा आफ्नै संगठन भने छैन । जसका कारण उनीहरलाईलाई संगठित गर्न दलहरु उद्धत देखिन्छन् । 
 
बालेनलाई आफ्नो बनाउने होड ! 
    
गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरका मेयर बालेन शाहलाई वैकल्पिक धारको प्रतिकका लिन सकिन्छ । 

स्थानीय तहको प्रमुखको रुपमा मात्रै उनले प्रतिनिधित्व गरेपनि उनले ठूला दलहरुको गठबन्धन र शक्ति जमाएरै बसेका दलहरुसँग एक्लो प्रतिपर्धा गरे । र, जित पनि निकाले । यसपछिका उनको कार्यशैली र शासन शैलीलाई धेरैेले रुचाइरहेका पनि छन् । घरिघरि केन्द्र सरकारलाई नै चुनौति दिँदै आएका बालेनलाई आफ्नो पक्षमा पार्न नयाँ दलहरुले पटक पटक प्रयास पनि गरेको देखिन्छ । 


यहीबीचमा एमालेबाट निश्कासित भएपछि मातृभूमी जागरण अभियान संचालन गरिरहेका भीम रावलले पनि मेयर बालेन शाहलाई अटाउँनेगरी संगठन निर्माण गर्ने बताइरहेका छन् । केही दिनअघि धनगढी पुगेका रावलले आफू नेतृत्वको पार्टीमा काठमाडौं महानगरका मेयर बालेनलाई पनि अटाउने योजना रहेको बताएका थिए ।

आफू हरहालत वैकल्पिक शक्ति निर्माणमै लाग्ने अठोट गरिरहेका भीम रावल स्थानीय स्तरसम्म पुग्ने र स्थानीय तहका जनप्रतिनिधिहरुसँग पनि सक्दो संवाद गर्ने योजनामा छन् । 

एमालेले रावलमाथि कारवाही चलाएपछि उनले त्यसको प्रतिकारको प्रयास पनि गरका थिए । यद्यपि उनीमाथि पार्टी संगठन सदस्य नै नरहनेगरी कारवाही गरिएपछि उनी दल गठनको विकल्पमा पुगेका थिए । 

यसपछि मात्रिभूमी जागरण अभियानमा लागेका भीम बालेनसहितलाई समेटेर पार्टी निर्माणमा तम्सिएका हुन् ।

रास्वपा पनि उही मूडमा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि बालेनलाई आफ्नो बनाउने इच्छा जाहेर गरेको विषय नयाँ होइन । सुरुका दिनदेखि नै बालेनसँग सहकार्य र सामेल हुन चाहेको रास्वपाले पछिल्लो समय आफ्नो पक्षमा बोलिदिन भन्दै लभिङ नै गरेको खुलेको थियो । 

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणका कारण अहिले अफ्ठ्यारो अवस्थामा छन् । यो अवस्थामा आफ्नो पक्षमा माहोल बनाउन भन्दै रास्वपाले बालेनको सहयोग मागेको हो ।  

रास्वपाले रविको पक्राउ लगत्तै सरकारले राजनीति प्रतिशोध साँधेको भन्दै चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको थियो । यसका लागि रास्वपाले प्रधानमन्त्री निवास वालुवाटारमा पनि आन्दोलन गरेको थियो । यद्यपि रास्वपाको आन्दोलन प्रभावकारी हुन सकेन । 

बरु आन्दोलनकै विषयमा उल्टै रास्वपामाथि प्रति प्रश्नहरु उठे । यसअघि रवि कास्की हिरासतमै रहेका बेला रास्वपाका नेताहरुले बालेनलाई आफ्नो पक्षमा उभिन आग्रह गर्नका लागि भेट्न नै खोजेको तथा सचिवालयसँग पटक पटक सम्पर्क गरेको दावी गरिएको छ । यद्यपि बालेनले भने रवि पक्राउ र रास्वपाको भावप्रति कतिपनि चासो देखाएनन् । 

रास्वपा मात्रै होइनसँगै बालेन पनि पुराना राजनीतिक दल र उनीहरको साशसन पद्धतिसँग खास सन्तुष्ट छैनन् । यद्यपि बालेनले नयाँ दल रास्वपा र ‘टेष्टेड’ पुरान दलहरुलाई पनि एकै भाँडोमा राखेर आरोपित गर्ने गरेका छन् । 

उनले कुनै समय रास्वपालाई नै लक्षित गरेर नयाँ र पुराना सबै उस्तै रहेको भन्दै कसैको मायाँ नभएको स्टाटस लेखेका थिए । यद्यपि राजीतिबाट किनाराकृत हुँदै जाँदा वा राजनीतिक रुपमा अफ्ठ्यारो पर्दा दलहरुले बालेनकै सहारा खोज्ने क्रम जारी नै रहेको देखिन्छ । 

यसरी हेर्दा वैकल्पिक शक्ति निर्माणका अभियानमा लागेका दल तथा नेताहरु पनि आफ्नो रक्षाका लागि बालेनकै सहारा र सहानूभूति खोजिरहेका देखिन्छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update