News 24 Television
प्रहरी दिवसकै दिन यस्तो खतरनाक उद्दार, छक्क परे गृहमन्त्री !

काठमाडौं । कुनै पनि आपतविपद्को समयमा कसरी उद्धार गरिन्छ भन्ने कौतुहल्ता सबैको मनमा हुन सक्छ । प्राकृतिक प्रकोप, अपहरण जस्ता आपदविपद्मा फसेका मानिसको उद्धार सशस्त्र प्रहरी बलले वा अन्य निकायले ग¥यो भन्ने हामीले सुन्ने गरेका पनि छौं । 

अपहरण तथा प्राकृतिक प्रकोप जस्ता विपद्मा फसेका व्यक्तिको उद्धार कार्य मैदानमा गएर प्रहरी बलले कसरी गर्दै आएको छ त ? 

यो दृष्य अपहरणमा परेका व्यक्तिको सकुसल उद्धार कार्यका लागि भइरहेको प्रयासको हो । यहाँ केहि सशस्त्र प्रहरी बलका जवानले उद्धार कार्य गरिरहेका छन् । 

अपहरणकारीले अपहरण गरी लगेको स्थान प्रहरीले पहिचान गरि त्यस स्थानबाट व्यतिmलाई सकुसल उद्धार गर्नु सहज कार्य पक्कै होइन । यहाँ अपहरण गरि शरिर बन्धक बनाएकोे भवनमा सशस्त्र प्रहरी बलका एक जवान बिना डोरी भवन माथि चढ्न सफल भए । उनले भवन माथि गएर अन्य प्रहरीलाई माथि आउँन डोरी फालिदिए । डोरीको सहायताले केहि प्रहरी बलका जवान भवन माथि चड्दै छन् भने कोही अर्को भवनको माथि तल्लाबाट डोरीको सहायताले भवनमा झरिरहेका छन् । 

यसपछि प्रहरी जवानहरुले चलाखिपूर्ण तरीकाले आफ्नो मिसन पुरा गरे । अपहरणमा परेका व्यतिmको सकुसल उद्धार गरि अपहरणकारीलाई आफ्नो फन्दामा पार्न समेत सफल बन्यो प्रहरीको टोली । 

त्यस्तै, अर्कोतर्फ केबलकारमा फसेका केहि मानिसको उद्धार कार्य गर्न समेत सशस्त्र प्रहरी बल सफल बन्यो । यि दृष्य कुनै वास्तविक अपहरण र वास्तविक उद्धार कार्यका नभएर सशस्त्र प्रहरी बलले आफ्नो २४ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा देखाएको एक प्रर्दशनी हो । तर, कुनै पनि आपत र विपद्धको समयमा सशस्त्र प्रहरी बलले यसरी नै उद्दारकार्य गर्दछ । 

२४ औं स्थापना दिवसको अवसरमा देखाएको प्रर्दशनीकै जसरी सीमा सुरक्षाको काम, प्राकृतिक वा अन्य विपद्धका समयमा सशस्त्र प्रहरी बलले बाहदुरी र निडरताकापूर्वक काम गरिहरेको प्रहरी बलको भनाई छ । साथै नेपालले मर्मत गर्नुपर्ने २ हजार ३ सय ८ वटा सीमा स्तम्भहरुको मर्मत तथा रंगरोदन सम्पन्न गरेको समेत जनाएको छ । 

२४ औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षा तथा चोरी पैठारी, लागूऔषधी ओसार पोसार जस्ता अपराधिक कार्य रोक्न सशस्त्र प्रहरी बलको पनि ठूलो भूमिका रहेको औलाएका छन् । साथै उनले लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश लिन पाउने प्रावधानलाई कानूनमा समावेश गर्ने घोषणा समेत गरेका छन् । 

सशस्त्र प्रहरी बलले आपत विपतका समयमा नागरिकको उद्धार कार्य मात्र नभएर सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको प्रहरी बलले जनाएको छ । 

साथै भारत र चीनतर्फ सीमा जोडिएका क्षेत्रमा दुई सय ५४ वटा ‘बोर्डर आउट पोष्ट’ मार्फत आफ्नो कर्तव्य निर्वाहमा जुटेको तथा देशको दक्षिणी सीमातर्फ दुई सय एक, पूर्वमा २२, पश्चिममा २१ र उत्तरमा १० वटा बिओपी स्थापना गरी सुरक्षा प्रदान गदै आएको छ । 

साथै राजस्व संकलनमा समेत सशस्त्र प्रहरीको योगदान महत्वपूर्ण रहेको देखिन्छ । चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब पाँच करोड २९ लाख ७५ हजार बराबर राजस्व संकलनमा सशस्त्र प्रहरीको योगदान रहेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update