
काठमाडौं । पूर्वराजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको बौद्ध परम्परा अनुसार अत्यष्टि गरिएको छ । बौद्ध स्तुपाको पूर्वप्रमुख धर्मगुरु चिनिया लामा समेत रहेका उनको गत विहिवार ९० वर्षको उमेरमा निधन भएको थियो ।
उनको बौद्धमा अत्यष्टि गरिएको छ । बौद्धको प्रमुख धर्मगुरु रही समाजसेवीको रुपमा स्थापित धर्मगुरु लामा राजाको शासन कालामा बौद्धको प्रमुख धर्मगुरुको पदमा रहेकै अवस्थामा उनलाई राजपरिसद स्थायी समिति सदस्यमा नियुक्त गरिएको थियो ।
एक दर्जन भन्दा बढी भाषाको ज्ञाता रहेका उनले राजपरिषद स्थायी समितिमा रहेको वेला मुलुकको हित र तत्कालिन शासन संञ्चालनमा ठूलो योगदान पु¥याएका थिए ।
नेपाल चीन सम्बन्ध विस्तार र कुटनीति सम्बन्ध विस्तारमा समेत उनले योगदान दिएको पूर्व राजनीतिक कर्मीहरुको भनाई छ । उनले बौद्ध क्षेत्रको विकासमा समेत विशेष योगदान पु¥याएको स्थानीयको भनाई छ ।
परापूर्वकाल देखि बौद्ध स्तुपामा चिनिया धर्मगूरु बौद्ध स्तुपाको प्रमुख धर्मगुरु रहने परम्परा रहेको छ । बौद्ध धर्म दर्शन प्रचार र अध्ययनमा समेत उनको उल्लेख्य योगदान रहेको बौद्ध तथा मेलम्ची ध्याङ गुठीका लामाहरुको भनाई छ ।