News 24 Television
संसद अधिवेशन १८ गते बोलाउने निर्णय

काठमाडौँ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन (बैठक) यही माघ १८ गते बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते दिउँसो १ बजेका लागि संसद अधिवेशन आह्वान गर्न लगाउने निर्णय गरेको हो । संघीय संसदको अधिवेशन बोलाउँदा गर्दा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । 

पुस पहिलो साता नै बोलाउनुपर्ने संसद अधिवेशन ढिला भएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । यसैबीच सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेसँग छलफल गरेर संसद अधिवेशन बोलाउने निर्णय गरिएको हो । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update