काठमाडौं । निर्माण ब्यवसायी आन्दोलनमा उत्रिरहेको अवस्थामा उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारले निर्माण ब्यवसायीहरुको कुनैपनि भुक्तानी गर्न बाँकी नरहेका बताएका छन् ।
निर्माण ब्यवसायीको माग र आन्दोलनप्रति इंगित गदै अर्थमन्त्री पौडेलले आन्दोलन गर्नुको कुनै औचित्य नभएको बताएका हुन् । निर्माण ब्यवसायीलाई गुणस्तरिय काम समयमा पुरा गर्न निर्देशन दिदै अर्थतन्त्रको बिषयमा नकारात्मक प्रचार र गलत टिप्पणी नगर्न पनि अर्थमन्त्री पौडेलले चेतावनी दिएका छन् ।
आइतवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था र सूचांकको अवस्थाको जानकारी दिर्दै अर्थतन्त्रको बिषयमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका हुन् । निर्माण ब्यवसायीहरुको भुक्तानी बाँकी नरहेको स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले प्रक्रिया पु¥याएका सम्पन्न भएका कामहरुमा भुक्तानीको कुनै समस्या नरहेको दाबी गरे ।
निर्माण ब्यवसायीहरुले चरणवद्ध आन्दोलन र भुक्तानी लगायतका बिषयबस्तुमा आन्दोलन गरिरहेको सन्र्दभमा समेत अर्थमन्त्री पौडेलले प्रतिक्रिया दिएका छन् ।
भुक्तानी पाएनौ भन्दै निर्माण व्यवसायीले आन्दोलन गर्नुको कुनै तुक नभएका अर्थमन्त्री पौडेलको तर्क छ । अघिल्लो सरकारले गरेको कामको भुक्तानी अहिलेको सरकारले बिभिन्न स्रोतबाट गरिरहेको उनले बताए ।
अघिल्लो सरकारको समयमा भएका कमीकमजोरी सुधार गरेर अर्थतन्त्रलाई गतिशिल बनाउने काम भएको दाबी गर्दै पत्रकार सम्मेलनमा तथ्य र तथ्यांक अनुसार अर्थमन्त्रालय प्रस्तुत भएको अर्थमन्त्रीको भनाइ छ । गत बर्षको सरकारले ल्याएको बजेटमा आफूले अर्थतन्त्रका सूचांकहरुमा सुधार गरेको पनि उनले जिकिर गरे ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रको नकारात्मक हल्ला र प्रचार नगर्न आग्रह गरेका छन् । सरकार अर्थतन्त्रप्रति जिम्मेवार रहेको उल्लेख गदै अर्थतन्त्र र र्बैक नडुब्ने समेत उनले दाबी गरे ।
समाजमा अर्थतन्त्रको बिषयमा नकारात्मक प्रचार र निराशावादी चिन्तन फैलाइएको भन्दै अर्थमन्त्रालयले वर्तमान आर्थिक अवस्थाका सूचांक र सरकारले अध्यादेशमार्फत् पनि अर्थतन्त्रको सुधारको काम गरिरहेको अर्थमन्त्री पौडेलको दाबी छ ।
निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रमा निर्धक्क भएर सरकारलाई सहयोग गर्न पनि अर्थमन्त्रीले आग्रह गरेका छन् ।