काठमाडौं । राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको पूर्व प्रमुख धर्मगुरु चिनिया लामा समेत रहेका उहाँको विहिवार चावहिल स्थित ओम अस्पतालमा दिनको १२ः३० बजे उपचारको क्रममा निधन भएको हो ।
उहाँको ९० वर्षको उमेरमा निधन भएको परिवारीक श्रोतले बताएको छ । बौद्धको प्रमुख धर्मगुरु रही समाजसेवीको रुपमा स्थापित धर्मगुरु लामा राजाको शासन कालामा बौद्धको प्रमुख धर्मगुरुको पदमा रहेकै अवस्थामा उहाँलाई राजपरिसद स्थायी समिति सदस्यमा नियुक्त गरिएको थियो ।
एक दर्जन भन्दा बढी भाषाको ज्ञाता रहनु भएका उहाँले राजपरिषद स्थायी समितिमा रहेको वेला मुलुकको हित र तत्कालिन शासन संञ्चालनमा ठूलो योगदान पु¥याउनु भएको थियो ।
नेपाल चीन सम्बन्ध विस्तार र कुटनीति सम्बन्ध विस्तारमा समेत उहाँले योगदान दिनु भएको पूर्व राजनीतिक कर्मीहरुको भनाई छ । उहाँले बौद्ध क्षेत्रको विकासमा समेत विशेष योगदान पु¥याउनु भएको स्थानीयको भनाई छ । हाल काठमाडौं महानगरपालिका वडा नं।६ को वडा कार्यालय तथा प्रहरी बृत बौद्धको तत्कालिन प्रहरी चौकी समेत उहाँकै पहलमा स्थापना भएको थियो ।
उहाँले बौद्ध क्षेत्रमा विद्यालय स्थाप्ना, गर्ने देखि विभिन्न देशका विदेशी कुटनीतिज्ञयहरुलाई समेत बौद्धमा स्वागत गर्ने परम्परा रहेको थियो । परापूर्वकाल देखि बौद्ध स्तुपामा चिनिया धर्मगूरु बौद्ध स्तुपाको प्रमुख धर्मगुरु रहने परम्परा रहेको छ ।
बौद्ध धर्म दर्शन प्रचार र अध्ययनमा समेत उहाँको उल्लेख्य योगदान रहेको बौद्ध तथा मेलम्ची ध्याङ गुठीका लामाहरुको भनाई छ ।