![भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय मेला, प्रदर्शनीमा यस्ता अनेकौं सामान !](https://www.news24nepal.com/uploads/posts/jutta-1737256980.jpg)
काठमाडौं । स्वदेशमा भविष्य नदेखि विदेशिनेको लर्को लागि रहेका समय नेपालमा व्यापार व्यवसाय गर्नेहरुका लागि वातावरण सृजना आजको मुख्य आवश्यकता देखिन्छ ।
त्यसैले समय–समय व्यवसायी आफै जुटेर भएपनि मेला–प्रदर्शनी आयोजना गरिरहेका हुन्छ । अहिले काठमाडौंको भृकुटीमण्डपमा काठबाट बनाइएका सामग्रीको प्रदर्शनी भइरहेको छ ।
यसले आर्थतन्त्र चलायमान बनाउन के कस्तो भूमिका खेल्न सक्छ त ? व्यवसायीहरुलाई यो अन्तर्राष्ट्रिय प्रदर्शनीले कस्तो सहयोग पु¥याएको छ ?
पछिल्ला वर्षहरुमा उत्पादित सामग्रीको बजार व्यवस्थापन नै कठिन भइरहेको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । यो समस्यालाई केहीहदसम्म सम्बोधन गर्ने उद्देश्यले अहिले काठमाडौंको भृकुटीमण्डपमा काठबाट बनाइएका सामग्रीको प्रदर्शनी भइरहेको छ ।
नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी जारी रहदा व्यवसायीहरु खुशी छन् । प्रदर्शनी उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम बनेको व्यवसायीहरु बताउँछन् । उनीहरुले यस्ता मेलाहरुले नेपालमा मात्रै नभइ विदेशमा पनि आफ्ना उत्पादनहरुको बजारीकरण गर्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
मेलामा सहभागी हुँदा आफ्ना उत्पादनहरु उपभोक्तामाझ बुझाउने र पु¥याउन सहज बनेको र नयाँ उत्पादनबारे जानकारी दिने, आफ्ना सामग्रीहरुको प्रचारप्रसार गर्ने माध्यम बन्दा खुशी लागेको उनीहरुको भनाई छ ।
मेलामा सहभागी मयुर प्लाइका सहायक महाप्रवन्धक नवराज केसीले नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी प्रचार प्रसार गर्ने सही माध्यम भएको बताउछन् ।
आफ्ना उत्पादनलाई बजारीकरण गर्नका लागि यस्ता एक्स्पोहरुको भुमिका महत्वपूर्ण हुने उनको भनाई छ । उपभोक्ताहरुसँग प्रत्यक्ष भेट हुने र उपभोक्ताले रुचाएअनुसारका उत्पादनहरु आगामी दिनमा बनाउन मेलाले मद्दत पुग्ने उनको विश्वास छ ।
वाइट ः नवराज केसी, सहायक महाप्रवन्धक, मयुर प्लाइ
आफ्ना सामग्रीहरु विदेशमा पनि बिस्तार र व्यापार गर्न मेला महत्वपूर्ण रहेको अन्य व्यवसायीहरुको समेत भनाई छ । धेरै अवलोकनकर्ताहरु आउने भन्दा पनि आवश्यक भएका र बुझ्न चाहेका अवलोकनकर्ताहरु आएर बुझिदिँदा नै आफूहरु सन्तुष्ट हुने व्यवसायीको भनाई छ । खस्कदो बजार व्यवस्थापनलाई सरकारले समेत सुधारका लागि सक्रियता दिनुपर्ने व्यवसायीहरुले माग समेत गरेका छन् ।