काठमाडौं । काठमाडौं महानगालिका १ नक्शालस्थित भगवतीवहालदेखि नागपोखरीसम्मको क्षेत्रमा हेरिटेज वाकको रुपमा विकास गर्न थालिएको छ । शनिबार नक्सालस्थित चारढुङ्गेबाट सडकमा ढुङ्गा विछ्याउने कार्यको शिलन्यास गरिएको छ ।
हेरिटेज वाकले काठमाडौंमा आउने पर्यटकहरुलाई नक्सालमा केहि समय भुलाउन सक्ने विश्वास गरिएको छ । काठमाडौंको सबै भन्दा पुराना वस्ति भएका सहर मध्ये नक्शाल पनि एक हो । यहाँ तीन सय बर्ष अगाडिको नन्दि केशरी मन्दिरदेखि राजा मान्देवको पालाको शंकरकीर्ति विहार पनि छ । यो बाहेक ७ वटा एक सय बर्ष भन्दा पुराना घरसहितका विभिन्न सम्पदाहरु पनि नक्शालमा छन् ।
यी मध्ये केहिको पुनःनिर्माण कार्य सम्पन्न भईसकेको छ भने कतिपय पुनर्निर्माणकै क्रममा छन् । तर यस्तो महत्वपूर्ण सम्पदाको बारेमा जानकारी नहुदाँ यी क्षेत्रहरु ओझेलमा परेका छन् । त्यसैले पुरातात्विक महत्वका यस्ता ठाउँको विकासका लागि यतिबेला संघ सरकार नै लागि परेको छ । पुरातन शैलीको बाटो निर्माणका लागि सहरी विकास मन्त्रालयबाट नै झण्डै ४ करोडको बजेट छुट्याइएको छ ।
आगामी चैत मसान्त भित्रै सम्पन्न गर्ने गरी बाटो निर्माण गरिने भएको हो । हेरिटेज वाकको शिलान्यास गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समुदायको साथ सहयोग र स्थानीय तहको समन्वयमा यस ठाउँमा संस्कृतिक महत्व झल्किने मोहोडा भएको घरहरु बनाउनुपर्नेमा जोड दिएका छनज् ।
यस्ता सम्पदा संरक्षणले नक्शालमा बस्ने जनताको आयस्रोतमा बृद्धि हुने विश्वास स्थानीय जनप्रतिनिधिको छ । यस्तै स्थानीय चाडपर्व, मेला, जात्राहरुको पनि संरक्षण गरि पर्यटन विकास गर्ने योजनाका साथ काम गर्न लागिएकोमा उनीहरुले खुशी ब्यक्त गरेका छन् ।
२०७९ साल फागुन ३ गते वहुबर्षीय ठेक्का प्रक्रिया अनुसार आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ‘हेरिटेज वाक वे’ निर्माण गर्न सानुसुवाल निर्माण सेवाले ठेक्का लिएको हो । सम्झौता अनुसार नै समयमै काम सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।
केही समयअघि भगवती वहालदेखि नागपोखरी सम्मको बस्तीको सडक मुनिबाट ढल व्यवस्थापनको काम हुँदै गर्दा चारढुङ्गेमा बर्षौं पुरानो भैरवको मन्दिर पुरिएको अवस्थामा फेला परेको थियो ।
अहिले उक्त मन्दिरको मर्मत गरि सकिएको छ । भैरवको मन्दिर जस्तै धेरै संस्कृतिक सम्पदाहरुको संरक्षण र यस्ता सम्पदाहरुको प्रचारप्रसार हुन सकेमा नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।