News 24 Television
डेभिज फल्स निजीलाई दिने महानगरको निर्णयमा विद्यालय र स्थानीय प्रदर्शनमा

कास्की । पोखराको प्रख्यात पर्यटकीय गन्तव्यस्थल पाताले छाँगो अर्थात् डेभिज फल्स अगाडि राके जुलुस सहितको प्रदर्शन भएको छ । 

पोखरा महानगरपालिकाले पातले छाँगोलाई व्यवस्थापन गर्ने भन्दै निजी कम्पनीलाई ४० वर्षका लागि सम्झौतामा दिने निर्णय गरेसँगै छोरे पाटनका स्थानीयहरू र पाताले छाँगोको व्यवस्थापन गर्दै आइरहेको छोरेपाटन माविका विद्यार्थीहरूले महानगरको निर्णय विरुद्ध प्रदर्शन गरेका हुन् । 

डेभिज फल्स अर्थात पातलो छाङ्गोको व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिने पोखरा महानगरपालिकाको निर्णयविरुद्ध राँके जुलुस निकालिएको छ । 

महानगरले एकलौटी रुपमा पाताले छाँगोलाई व्यवस्थापका लागि सेती क्यानोनिङ प्राली नामको निजी कम्पनीलाई ४० वर्षका लागि सम्झौतामा दिने निर्णय गरेपछि छोरेपाटनका स्थानीय र यसको व्यवस्थापन गर्दै आइरहेका छोरेपाटन माविका विद्यार्थीहरूले महानगरको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । 

पोखरा महानगरपालिकाले माघ १ गतेदेखि पाताले छाँगो (डेभिज फल्स) को सम्पूर्ण सञ्चालन र व्यवस्थापन नियन्त्रणमा लिएको छ । महालेखा परीक्षकको कार्यालयले राजस्व संकलन सम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक आदेश दिएपछि छाँगो महानगर आफैले सञ्चालन गर्न लागेको हो, तर छाँगो २०३४ सालदेखि छोरेपाटन माविले व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको थियो । महालेखाको आदेशपछि महानरपालिकाले निजी कम्पनीलाई भाडामा दिने सम्झौता गरेपछि विवाद लम्बिएको छ ।

पातलो छांगोमा आउने पर्यटकबाट प्राप्त हुने विभिन्न आम्दानीको स्रोतमा विद्यालयको नियन्त्रण गुम्दा पनि महानगरले ठेक्का दिएपछि स्थानीय थप क्रोधित बनेका हुन् । 

महानगरपालिकाले छाँगोमा सिसाको पुल लगायत पूर्वाधार निर्माण गर्ने र सञ्चालन पनि गर्ने गरी निजी कम्पनीलाई दिने सम्झौता गरिसकेको छ भने यता छोरेपाटन मावि आफ्नो आम्दानीको स्रोत बन्द हुने चिन्तामा छ । यता महानगरले सञ्चालन र व्यवस्थापन नियन्त्रणमा लिने प्रयोजनका लागि प्रवेशद्वारमै सिलबन्दी गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update