काठमाडौं । स्ट्रोक अर्थात पक्षघातका विरामी र जोखिम समूहलाई उपचारका लागि प्रयोग हुने औषधि सरकारले निःशुल्क उपलब्ध गर्ने भएको छ ।
योसँगै महंगो मूल्यमा किन्नु पर्ने पक्षघातको औषधि निःशुल्क पाइने छ । यसको प्रभावकारी कार्यान्वयन भए विरामीका लागि ठुलो राहत हुने देखिन्छ भने सरकारले पक्षघातका विरामीका लागि छुट्टै उपचार केन्द्र खोल्नु पर्ने आवश्यकता समेत रहेको चिकित्सकहरु औल्याउछन् ।
सरकारले स्ट्रोक अर्थात पक्षाघात अथवा ब्रेन अट्याक भएका विरामीलाई राहत स्वरुप औषधि निःशुल्क प्रदान गर्ने भएको छ । साथै जोखिम समूह अर्थात रक्तचाप एवम् मुटुका रोगी विशेषगरि ५० वर्ष माथिको उमेर समूहका व्यक्तिलाई पनि यस किसिमका समस्यामा निःशुल्क औषधि दिइने छ । मस्तिष्कमा रगत बग्ने नसामा एक्कासी अवरोध भएमा वा नसा फुट्यो भने स्ट्रोक हुने गर्दछ ।
रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुनेगर्दछ । साथै यस्ता बिरामीको समयमा औषधी उपचार नहुदाँ ज्यान समेत जाने जोखिम हुने गर्दछ । यस विषयलाई मध्यनजर गदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको उपचारमा प्रयोग हुने थ्रोम्बोलाइटिक नामक औषधी निशुल्क वितरण गर्ने भएको हो ।
सरकारले स्ट्रोकका बिरामी उपचारका प्रयोग हुने उक्त औषधी निशुल्क उपलब्ध गर्ने भएसंगै बिरामीलाई राहत हुने चिकित्सक बताउँछन् । तर सरकारले निशुल्क औषधीसंगै स्ट्रोक बिरामीका लागि छुट्टै उपचार केन्द्र बनाउँनतर्फ समेत ध्यान दिन आवश्यक भएको चिकित्सक औलाउँछन् ।
स्ट्रोकको उपचारमा प्रयोग हुने थ्रोम्बोलाइटिक औषधीको लािग अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र स्वास्थ्य मन्त्रालयबीच सहयोगका लागि हस्ताक्षर समेत भएको छ । यस संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारले माग गरे अनुरुप उपलब्ध गराउँने विषयमा सम्झौता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साथै मन्त्रालयले यी औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाएको मन्त्रालयको भनाइ छ ।
थ्रोम्बोलाइटिक ड्रग्स, जसलाई फाइब्रिनोलाइटिक्स पनि भन्ने गरिन्छ । समान्य भाषमा भन्नु पर्दा थ्रोम्बोलाइटिक औषधीलले जमेको रगतलाई पगाल्ने काम गर्दछ ।
‘थ्रोम्बोलाइटिक औषधि स्ट्रोक भएका बिरामीका लागि निकै प्रभावकारी मानिएको छ । तर यो औषधीको एक मात्राको मूल्य एक लाख ३८ हजार पर्ने गरेको छ । जसका कारण आर्थिक अवस्था कम्जोर भएका व्यतिm मर्कामा थिए । तर सरकारले स्ट्रोक अर्थात पक्षघातमा प्रयोग हुने उक्त औषधी निशुलक उपलब्ध गराउँने भएसंगै स्ट्रोक उपचारमा यसले सहजता पुग्ने अपेक्षा गरिएको छ ।