काठमाडौं । इन्जिनियरिङ क्षेत्रका नवीनत्तम प्राविधिक रचनाहरूलाई प्रदर्शन गर्ने र विद्यार्थी तथा समुदायको रुचि अभिवृद्धि गर्ने लक्ष्यसहित ‘आधार २०८१’ प्रदर्शनी शुरु भएको छ ।
यसले प्राविधिक शिक्षा र नवीन प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्दै नयाँ आविष्कार र प्रयोगहरूको महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।
सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपालले इन्जिनियरिङ प्रदर्शनी ‘आधार २०८१’ आयोजना गरेको छ । इन्जिनियरिङ क्षेत्रका नवीनत्तम प्राविधिक रचनाहरूलाई प्रदर्शन गर्ने र विद्यार्थी तथा समुदायको रुचि अभिवृद्धि गर्ने यस प्रदर्शनीको लक्ष्य हो ।
इन्जिनियरिङ आधुनिक समाजको अभिन्न अंक हो । जसले मानव जीवनको विकासक्रमलाई अगाडी बढाइरहेको छ । त्यसैले नयाँ नयाँ प्रविधिको प्रयोग आजको आवश्यकता नै बनेको छ । गत असोजमा पहिरो जाँदैछ भन्ने पूर्वसूचना हुन्थ्यो भने केहीको ज्यान बच्न सक्थ्यो वा ‘बास्क्युल पुल’ अर्थात ‘फोल्डिङ ब्रिज’ हुन्थ्यो भने बाढीका कारण अबौंको संरचनामा क्षति हुँदैनथ्यो ।
सुन्दा अचम्म र आश्र्चय लागे पनि विश्वको विकसित देशहरूमा यसको सफल परीक्षण मात्रै होइन, प्रयोग भैरहेको छ । तर, नेपालको इन्जिनियरिङ भने कहिले आर्थिक त कहिले अन्य कारण परम्परागत शैलीमा नै रुमलिरहेको छ । विश्वचित्रमा अत्याधुनिक इन्जिनियरिङले फड्को मार्दा नेपालमा भने यो वा त्यो बहाना हाबी भै नै रहेको छ ।
सिभिल इन्जिनियरिङ विद्यार्थीहरूले महिनौं अध्ययन गरेर नेपालको परिपेक्षमा सुहाउँदो डिजाइन गरेपनि त्यो प्राथमिकतामा पर्दैन् । त्यसैले नै इन्जिनियरिङ प्रदर्शनी ‘आधार २०८१’ आयोजना गरिएको हो ।
जसमा दिगो पूर्वाधार, अत्याधुनिक प्राविधिक रचनाहरू, र नवीनतम सिभिल इन्जिनियरिङ समाधानहरूलाई उजागर गरिएको छ ।
योसँगै हरित भवन निर्माण, स्मार्ट सहर योजना, र पानी व्यवस्थापन प्रणाली जस्ता क्षेत्रलाई प्राथमिकता दिँदै प्रदर्शनीले सिभिल इन्जिनियरिङका नवप्रवर्तनशील दृष्टिकोण प्रस्तुत गरेको छ । निर्माण सामग्रीको प्रयोगदेखि वातावरणमैत्री परियोजनासम्मका गहन छलफल हुनेछन् । प्रदर्शनीको उद्धघाटनमा पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवीनतम प्रविधिलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै पूर्वाधार निर्माणमा आएका सुझावहरूलाई आत्मसाथ गर्ने बताए ।
इन्जिनियरिङ क्षेत्रका नवीनतम प्राविधिक रचनाहरूलाई प्रदर्शन गर्ने र विद्यार्थी र समुदायको रुचि अभिवृद्धि गर्ने लक्ष्य आयोजक सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपालले राखेको छ । यो प्रदर्शनीले सिभिल इन्जिनियरिङलाई मात्र नभई समग्र समाजलाई नयाँ दिशा दिने अपेक्षा आयोजकको छ ।
नेपालका इन्जिनियरहरूले उत्कृष्ट काम गर्न सक्ने क्षमता राख्छन्, तर उनीहरूलाई आफ्नो दक्षता प्रदर्शन गर्ने उचित अवसर उपलब्ध छैन ।
देशमा आवश्यक पूर्वाधारको कमी, सीमित स्रोतसाधन, र राजनीतिक हस्तक्षेपका कारण इन्जिनियरहरूले पूर्ण क्षमतामा काम गर्न पाएका छैनन् ।
आवश्यक सहयोग, प्रोत्साहन, र वातावरण प्रदान गरियो भने नेपाली इन्जिनियरहरूले देशको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने यो प्रदर्शनीले पनि पुष्टि गर्छ ।