News 24 Television
नेपालमा एच.एम.पी.भी को खोजी गर्दै सरकार 

काठमाडौं । नेपाल सरकारले ह्युमन मेटान्युमो भाइरस एच.एम.पी.भीबारे अध्ययन गर्ने भएको छ । पछिल्लो समय चीन तथा भारतमा बढ्दो क्रममा देखिएको एचएमपीभी संक्रमणको जोखिम नेपालमा पनि उत्तिकै छ । नेपालमा सन् २०१४ मा नै देखिएको उक्त भाइरसको संक्रमण पछिल्लो समयछ वा छैन भन्ने विषयमा अध्ययन गरिने भएको हो । 

पछिल्लो समय चीनमा फैलिएको ह्युमन मेटान्युमो भाइरस एच.एम.पी.भी भारतमा पनि बढ्दो क्रममा देखिएको तथ्य बाहिर आउँन थालेको छ । 

यो भाइरस विश्वका साथै नेपालका लागि पनि नौलो भाइरस भने होइन । तर पछिल्लो समय यो भाइरसका कारण सक्रमित हुनेको संख्या छिमिकी मुलुकमा बढ्न थालेपछि नेपालमा पनि यो भाइसबाट संक्रमित भएका व्यतिmको पहिचान गर्ने तयारी थालिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भाइरसबारे अध्ययनका लागि त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना संकलन गरी अध्ययन गर्ने तयारीमा लागेको बताएको छ । 

एच.एम.पी.भीअनुसन्धानराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा मिलेर गर्ने भएको हो । एचएमपिभी इन्फ्लुयन्जाका लक्षणसंग मिल्दोजुल्दो भएकाले इन्फ्लुयन्जा नेगेटिभ आएका बिरामीको नमुना संकलन गरी एच.एम.पी.भी हो वा हैन भन्ने अध्ययन गरिने महाशाखाले जनाएको छ । 

ह्युमन मेटान्यूमो भाइरस नेपालमा विगतमा पनि देखिएको थियो । पछिल्लो समय भारतमा बढ्न थालेको यो भाइरसलाई लिएर नेपालमा पनि चिन्ता र चासो बढ्न थालेको छ । त्यसैले नेपालमा अहिले यो भाइरसको के छ भनी जानकारी लिन अध्ययन गरिन लागिएकोरोग नियन्त्रण महाशाखाले जनाएको छ । 

ह्युमन मेटान्युमो भाइरस रुघाखोकी गराउँने खालको भाइरस हो । यो भाइरस नयाँ नभएपनि पछिल्लो समय आमनागरिकमा चिन्ता बढ्न थालेको छ । 

अझ छिमेकी मुलक भारत र चीनमा यो भाइसका संक्रमित बढेका कारण पनि आमनागरिकमा त्रास बढेको हो । तर अहिले चीन र भारतमा देखिएको भाइरसमा यो कुनै परिर्वनत नदिएकाले चिन्ता गर्नुपर्ने अवस्था नभएको चिकित्सकहरुले औल्याएका छन् । 

यो भाइरसका कारण ज्वरो आउँने, खोकी लाग्ने, घाटी दुख्ने, श्वास फर्ने गाह्रो हुने जस्ता समस्या देखिने गर्दछ ।त्यसैले यसका लक्षणसँग मिल्दो जुल्दो देखिएको रइन्फ्लुयन्जा परिक्षणका क्रममा नेगेटिभ आएको अवस्थामा भने एच.एम.पी.भीको परिक्षण गर्न आवश्यक एको समते चिकित्सकहरु बताउँछन् । साथै अहिले यो भाइरसलाई लिएर सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण तथ्यलाई लिएर त्रसित बन्नु भन्दा पनि स्वास्थ्य मापदण्ड पालनामा जोड दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update