News 24 Television
अमेरिकी औषधी निशूल्क दिने स्वास्थ्यमन्त्रीको घोषणा 

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी÷एमएस) का प्रथम र दोस्रो ब्याचका क्रमशः १७ र २६ जना गरी ४३ विद्यार्थीलाई दीक्षित गरेको हो ।  

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोह मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी÷एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थीलाई दीक्षित गरेको हो । 

सोही कर्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कोही आएर देश नबनाइदिने उल्लखे गर्दै विदेश पलायन हुने ट्रेन्डभन्दा देश बनाउन ध्यान दिनुपर्ने बताए ।  

२०७२ माघ १२ मा स्थापन भएको प्रतिष्ठानले यो वर्षदेखि ५० कोटामा पढाउन थालेको छ । प्रतिष्ठानमा एमबिबिस, एमडी, एमएस र नर्सिङतर्फ अध्यापन हुने गर्दछ । 

यसैगरी प्रधानमन्त्री ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविनदकुमार शाह अर्थोपेडिक्स र आषिश सापकोटा जनरल सर्जरीलाई उपकुलपति पदक वितरण गरे । विश्वविद्यालयका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने बताए । पौडेलले चिकित्सक पनि विदेश पलायन हुने गरेको भन्दै महत्वपूर्ण चुनौती रहेको बताए । 

हाल प्रतिष्ठानमा एम.डि.\ एम.एस., एम.बि.बि.एस तथा नर्सिङ तर्फ बि.एन.एस र बि.एस्सी नर्सिड कार्यक्रममा अध्ययन अध्यापन भईरहेको छ । हाल प्रतिष्ठानको स्नातकोत्तर तर्फ विभिन्न १० वटा विभागमा कुल ९१ जना विद्यार्थीहरु अध्ययनरत छन् भने स्नातक तर्फ कुल १७१ जना विद्यार्थीहरु अध्ययन गर्दै छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update