काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू विदेश पलायन हुने भन्दा पनि पढे-लेखेर आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताएका छन् । साथै सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको पनि उनले बताए ।
बिहीवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले उहाँले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको बताए । च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने पनि उनले बताए ।
ओलीले भने, ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन । अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौँ । आइटीमा जोड दिनेछौँ । अब हाम्रा लागि नयाँ कुरा होइन । च्याट जिपिटी पनि नयाँ कुरा होइन । एआई पनि नयाँ कुरा होइन । हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौँ । त्यसका खतरनाक पक्षहरु छन् । ति कुराहरुमा पनि हामीले ध्यान दिनुपर्छ । त्यसले अह्राएको गर्छ, साँचो र झटो धेरै छुट्याउँदैन । त्यो कुनै चित्रगुप्त होइन । अह्राएको गर्ने भएकाले गलत अह्रायो भने गलत गर्दछ । त्यो बुझ्न शतर्क हुनुपर्छ ।’