News 24 Television
नेपाटपको २५ वर्षको यात्रामा अध्यक्ष दीपक श्रेष्ठको सफलताको कथा

नेपाटपले आफ्नो स्थापनाको २५ औ वार्षिक उत्सब (सेल्भर जूब्ली) भब्यताका साथ सम्पन्न गरेको छ । द प्लाजा पुल्चोमा एक समाहरोहका बिच आफना कर्मचारी, डिष्ट्रिब्यूटर, सब डिष्ट्रिब्यूटर र अन्यसरोकार वाला निकाय समेतको ३००० जनाभन्दा बढी ब्यक्तिहरुको सहभागितामा उत्वस सम्पन्न गरिएकाे हाे ।

कार्यक्रमको प्रमुख आतिथ्य चेम्बर्स अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवालले गरेका थिए । कार्यक्रमको सभापतित्व नेपाटपका अध्यक्ष दिपक श्रेष्ठले गरे  । केही युवाहरु दिपक श्रेष्ठ र अमृत प्रसाद मिलेर आज भन्दा २६ वर्ष अगाडी काठमाडौँको मनमैजुमा ५ रोपनी क्षेत्रफल जग्गामा २५ वटा पानी ट्यांकी उत्पादन गर्ने योजना बोकेर शुरु गरेको व्यवसाय हो- नेपाटप । एउटा कोठामा बसेर कोरेको यो ब्यवसायको खाकाले आजका दिनसम्म आएपुग्दा एउटा साम्राज्य फैलाउन सफल भएको छ ।

हाल आएर थानकोट, बलम्बु, सतुगंल र नुवाकोटमा आफ्नै प्रपोटीमा  फयाक्ट्रीहरु सञ्चालनमा छन् ।नेपाटप अर्गनाइजेसन नेपालकै सबैभन्दा बढी प्लाष्टिकको सामग्री उत्पादन गर्ने कम्पनी हुन पुगेको छ । समयको गति र उपभेक्ताको मायालाई बुझ्न सक्ने भएकाले थप प्रडोक्टहरु एचडिपी पाइप, पिपीआर पाइप एण्ड फिटिंग यूपी भिसी पाइप फिटिगं, सिपी भिसी पाइप फिटीगं पिभीसी प्रोफाइल,नेपाटप पम्प र इस्टिीलेन्स इस्टील डिडब्लु सी पाइप आदी उत्पादन बिस्तार गर्न सफल भएका छन् ।

'नेपाटप सब ठिकठाक' भन्ने स्लोगन बोकेर बजारमा उदाएको यो उद्याेग आजका दिनसम्म आइपुग्दा अग्रणी उधोगका रुपमा आफुलाई उभ्याउन सफल भएको छ । याे सफलता गर्वमय कथा बताउन पाउदा निकै हर्षबिभाेर भएकाे कम्पनिका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा बताउँछन् । नेपाटपले समयानुकुल नयाँ टेक्नाेलोजीको बिस्तार सँगै आफ्ना उत्पादनलाई पनि  सबिस्तार गर्दै लान सकेकोले आमउपभेक्ताको मागअनुशार उत्पादन गर्दै लगेकोले  उपभोक्ताको मन जित्न सफल भएको छ ।

आजका दिन सम्म आइपुग्दाँ धेरै उत्तरचढाबहरु झेल्न ब्यवहोरर्न परेको अध्यक्ष श्रेष्ठ बताउँछन् । उनले भने, 'भुकम्प, कोभीड र आर्थिक नाकाबन्दीजस्ता थुपै व्यवधानहरु पार गर्दै अनवरत रुपमा बिचलित नभइकन  भरोसायोग्य आँट, ठूलो संघर्ष मेहनत साथै टिमको सहयोग र सबैको भावले अनि इमान्दारीताले नै यो सफलताको शिखरमा पुर्याएको छ । यसको श्रेय हामीसँग जोडिनुभएका होलसेलर, डिष्ट्रिब्यूटर उपभोक्ता र ५००० भन्दा बढी कर्मचारी साथीहरुको मेहनत, इमान्दारीता र  कम्पनीको लगानी हो ।'

हाल नेपाटपले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २५ हजार भन्दा बढी व्यक्तिलाइ रोजगारी प्रदान गर्न सफल भएको उनले जानकारी दिए । उनी थप्छन्, 'केही हदसम्म यो उद्याेगले रोजगारीको समस्यालाइ न्यूनीकरण गरेको छ । गुणस्तरीय उत्पादन भरपर्दो र टिकाउ भएर नै आम उपभोक्ताले नेपाटप रुचाइदिनुभएको छ । गुणस्तरको सम्झौतामा कम्पनिले कुनै कम्प्रमाइज गर्ने छैन । यो हाम्रो प्रतिबद्धता हो । यही नै हाम्रो सफलताको पाटो हो ।'

अध्यक्ष श्रेष्ठले महानायक राजेश हमाल र रवि डंगोल नेपाटपको ब्राण्ड एम्बेस्डर रहेकाे बताए । उनले भने, 'नेपालीहरुको शतप्रतिशत लगानी रहेको नेपाटप अर्गनाइजेशनलाई माया गर्नुहुनेछ, मनमा राख्नुहुनेछ । यो नेपाली प्राेडक्ट हो, सुख-दुःखमा साथ दिनुपर्छ भनेर नेपाटपलाई नै प्रयोग गरिदिनुभयो भने हामीलाई अघि बढ्न थप हौसला मिल्नेछ ।'

अर्गनाइनेसनका प्रबन्ध निर्देशक द्धा भन्छन्, 'पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मका उपभोक्ताहरुको साथ पाइरहेकोले उहाँहरु सबैलाइ धन्यवाद दिन चाहान्छौँ । उर्जावान् ब्यवसायी एवं दुरदर्शी भिजन भएका अध्यक्ष श्रेष्ठको सकारात्मक सोचले सबै ब्यवसायीलाई प्रेरणा मिल्नेछ । उहाँको यो सफलताको कथाले सम्पूर्ण उद्याेगी व्यवसायीहरुलाई हौसला मिल्नेछ । देशमा भएको आर्थिक बिचलनको बिषम परिस्थितिमा पनि सफलता प्राप्त गर्न सकेका श्रेष्ठलाई राज्यले थप लगानीको बातावरण बनाउन सक्नुपर्छ ।'

कार्यक्रम सञ्चालक बिनोद महतले २५ वर्षको यो सहयात्रामा नेपाटप अर्गनाइजेसन सगं जोडिएका सबैप्रति आभार प्रकट गरे ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update