News 24 Television
चिकित्सा क्षेत्रमा विदेश मोहः चिकित्सक नै नपाउने खतरा  

काठमाडौं । विदेश प्रतिको मोहबाट चिकित्सा क्षेत्र र चिकित्सकहरु समेत अछुतो हुन सकेको देखिदैन । हालै गरिएको सरकारी सर्वेक्षणले समेत चिकित्सकहरुमा विदेश प्रतिको मोह पछिल्लो समय बढ्दै गएको प्रस्ट पारेको छ । विभिन्न कारणले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण जनशतिmपलायन हुने क्रम बढ्दो देखिएकाले जनशतिm पलायन हुनबाट रोक्न राज्य गम्भीर हुनुपर्ने चिकित्सकहरुले औलाएका छन् । 

स्वदेशमा अवसरको अभाव, समाजिक सुरक्षाको कमी तथा जीविकोपार्जनमा कठिनाई जस्ता विभिन्न कारण देखाई बिदेशपलायन हुने चिकित्सकको संख्या पनि पछिल्लो समय बढ्दो छ ।

लाखौं खर्चेर चिकित्सा शिक्षा पढेर पनि स्वदेशमा काम नपाइने तथा काम पाए पनि कम पारिश्रमिक जस्ता विभिन्न समस्याका कारण पनि पछिल्लो समय चिकित्सकहरुमा विदेशमोह बढ्दै पाइन्छ । चिकित्सा शास्त्र अध्यनरत इन्र्टन डाक्टरहरुको पनि विदेश मोह बढिरहेको छ । पछिल्लो समय चिकित्सा शास्त्र पढ्न आउने नयाँ विद्यार्थीहरुले पढेर विदेश नै जाने सोच राख्ने गरेका छन् । 

सरकारी अस्पतालमावर्सेनि लोकसेवा पनि खुल्दैनन् । जसका कारण पनि चिकित्सकहरु  विदेशतर्फ जान खोज्ने कतिपयको भनाई छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट विदेश पलायन हुने भीड मध्ये वार्षिक २ हजारको हाराहारीमा चिकित्सकहरु हुने गरेका छन् । 

हालै सरकारी अध्ययन टोलीले गरेको एक सर्वेक्षणमा समेत अहिले अधिकांश चिकित्सकको सोंच विदेश जाने नै रहेको देखाएको छ। महाराजगन्ज मेडिकल क्याम्पसका २०२२ मा एमबिबिएस उत्तीर्ण गरेका मध्य ४३ विद्यार्थीसँग गरेको सर्वेक्षणका क्रममा शत प्रतिशत विद्यार्थीले विदेश जाने सोंच बनाएको बताएको तथ्य समेत सार्वजनिक भएको छ । सरकारी प्रतिवेदन अनुसार विदेश जाने चिकित्सकको संख्या यस्तो देखिन्छ

सन् २०२० मा ८ सय ६९ चिकित्सकले विदेश जानकालागि असल चारित्रिक प्रमाणपत्र लिएको 

सन् २०२१ मा १ हजार ३ सय २७ जनाले लिएको । 

सन् २०२२ मा १ हजार ९ सय ५४  जनाले लिएको । 

सन् २०२३ मा २ हजार ३ सय १८ जनाले असल चारित्रिक प्रमाणपत्र लिएको ।

जसअनुसार, सन् २०२० देखि २३ सम्म ४ वर्षको अवधिमा विदेश जाने प्रक्रियामा लागेका चिकित्सकको संख्या २.६७ गुणाले वृद्धि भएको देखिन्छ । 

न्यून तलब सुविधा, अध्ययन–अनुसन्धान र वृत्ति विकासको अभाव, स्वास्थ्य संस्थामा घटिरहने हिंसाका घटना, परिष्कृत स्वास्थ्य संस्थाको अभावजस्ता कारण चिकित्सकहरुमा विदेश मोह बढेकोछ । 

यसरी चिकित्सक विदेश पलायन हुने क्रम नरोक्ने हो भने चिकित्सा क्षेत्रको महत्वपूर्ण जनशतिm अभावको जोखिम बढेको नेपाल चिकित्सक संघको भनाई छ । स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जनशतिm पलायनरोक्न सरकार गभीर नभए मुलुकले ठूलो क्षति व्यहोनुपर्ने समेत चिकित्सक संघ औलाउँछ । 

नेपाल मेडिकल काउन्सिलको ४ वर्षको तथ्याङ्क अनुसार नेपालमा बर्सेनी करिब दुई हजार देखि ५ सय नयाँ चिकित्सक काउन्सिलमा दर्ता हुने गरेका छन् । तर विगत केही वर्षदेखि चिकित्सकहरू ठूलो संख्यामा विदेश पलायनको अवस्था चिन्ताजनक बन्न थालेको छ । 

राज्यको स्वास्थ्यसम्बन्धी नीति अस्पष्ट हुनु, उत्पादित जनशतिm व्यवस्थापनतर्फ कुनै चासो नदिनु, सामाजिक सुरक्षाका लगायतका समस्या समाधान नहुँदा चिकित्सकहरुमा विदेशमोह बढ्दै गएको छ । साथै विदेश गएर दक्षता हसिल गरेका दक्ष जनशतिmलाईसमेत स्वादेश फर्काउनकुनै पहल र योजनासमेत राज्य नबनाउँदा थप समस्या बढेको चिकित्सकहरुको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update