रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा न्यायिक हिरासतमा रहेका लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । आइतबार आफै अदालतमा उपस्थित भएका लामिछानेको आज मात्रै थुनछेक बहस सकिएको थियो । अदालतको आदेशपछि लामिछाने पक्षले आजै धरौटी रकम बुझाउने तयारी गरेको छ ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाडेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय