News 24 Television
केइसी इन्टरनेशनलद्वारा दोलखा सडकमा सुरक्षा सप्ताह सञ्चालन

दोलखा । खिम्ती जलविद्युत आयोजना को ४०० के वि प्रसारण लाइनको कार्या गर्दै आइरहेको केइसी इन्टरनेशनल कम्पनीले दोलखा जिल्लाका विभिन्न सडक खण्डहरूमा साना तथा ठूला यातायातका साधनलाई लक्षित गरी एक हप्ते सुरक्षा सप्ताह संचालन गरेको छ।

सुरक्षा सप्ताह अन्तर्गत, कम्पनीले चालक, सहचालक, र यात्रुहरूलाई सडक सुरक्षा सम्बन्धी जनचेतना प्रदान गरेको थियो। कार्यक्रमका क्रममा ट्राफिक नियमहरूको पालन, सवारी साधनको नियमित मर्मतसम्भार, सवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरू, र आकस्मिक अवस्थाको व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको थियो।

4c80510e-60ae-4a77-ad13-e8fef5543704-1736937374.jpg
 

कम्पनीका सुरक्षा अधिकृत लक्ष्मण राओ किल्लीका अनुसार, सडक दुर्घटना न्यूनीकरणका लागि सडक प्रयोगकर्ताहरूलाई सचेत गराउनु हाम्रो प्रमुख उद्देश्य हो। यो कार्यक्रमले यातायात क्षेत्रको समग्र सुधारमा योगदान पुर्याउनेछ।

सुरक्षा सप्ताहको क्रममा नेपाल विद्युत प्राधिकरण बाट नितेस  पौडेल ,गजेन्द्र यादव को समन्वय मा केइसी इन्टरनेस्नल कम्पनी का प्रवन्धक अमित पुनिया,सह प्रववन्धक अनुराग बारुह, सुरक्षा अधिकृत लक्षमण राओ किली,सुसान्त परिदा लगाएत,जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी  र स्थानीय व्यक्ति हरुको  पनि सक्रिय सहभागिता रहेको थियो। चालकहरूले कार्यक्रमप्रति उत्साह प्रकट गर्दै भविष्यमा पनि यस्ता अभियान जारी राख्न आग्रह गरेका छन्।

630e000e-6929-4e4a-b960-38ac002959df-1736937406.jpg
 

सप्ताहभर चल्ने यो अभियानले दोलखा जिल्लामा सडक सुरक्षाको महत्त्वबारे जनमानसमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update