काठमाडौं । सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार र एमाले अध्यक्ष केपी ओलीमाथिको आक्रोशलाई बढाई रहेका छन् । प्रचण्डले सरकार ढल्नै लागेको आरोपदेखि विभिन्न आरोप लगाइरहँदा माधव नेपाल पनि ओलीप्रति आक्रामक पेश हुने गरेका छन्, किन ?
गठबन्धन अदलीबदली गर्दै सत्तामा लामो समय रहने दाबी गर्दै आएका प्रचण्डलाई कांग्रेस एमालेको गठबन्धनले जिल्लाइदिएपछि उनी सरकार र प्रधानमन्त्री केपी ओलीप्रति आक्रामक पेश हुने गरेका छन् । ओली सरकारमाथि विभिन्न आरोप लगाइरहने प्रचण्डले पछिल्लो समय फेरि आरोपलाई तीब्र पार्ने प्रयास गरिरहेका छन् ।
यस्तोमा उनले सरकार गठन नै अलोकतान्त्रिक र असंवैधानिक भन्दै छिट्टै ढल्ने दाबी गरिरहेका छन् ।
प्रचण्डले सरकार ढल्ने दाबी गर्दै आएका छन् । यस्तोमा कांग्रेसभित्र चलिरहेको इतर पक्षको विरोधलाई पनि उनले कारणको रुपमा पेश गरेका छन् । भने यता, उनले लोकतन्त्र बचाउने हो भने कांग्रेस एमाले मिल्न हुने समेत भनिरहेका छन् ।
प्रचण्डले यसरी आक्रोश पोख्दै गर्दा यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि ओलीप्रति कम्युनिस्ट भनेर मात्रै नहुने भन्दै व्यङ्ग्य कसिरहेका छन् ।
प्रचण्ड माधव नेपाल समाजवादी मोर्चामा समेत संगै छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको एकताका लागि समेत तयारी चलिरहेको बताइन्छ । यसरी माधव प्रचण्डले सहकार्य गरिरहेका कारण र ओलीसँगै उनीहरुको सामूहिक आक्रोश रहेका कारण पनि तुष पोख्ने काम गरिरहेको आरोप एमालेले लगाउने गरेको छ ।
प्रचण्डको नजर सत्तामै
सत्ताच्यूत बनेपछि प्रचण्डले कांग्रेससँग समेत सत्ता सहकार्यको प्रस्ताव गरेको आरोप लागिसकेको छ । कांग्रेस महामन्त्री गगन थापाले नै प्रचण्डले सरकारमा सहकार्य गर्नका लागि प्रस्ताव गरिरहेको आरोप लगाएका थिए ।
गगनले यस्तो आरोप लगाएपछि प्रचण्डले पनि यसको प्रतिवाद त गरेका छन् । तर, सत्ता गठबन्धन भत्काउने प्रयास भने चलिरहेको स्थिति छ । प्रचण्डले गगनको भनाईलाई प्रतिवाद गर्दै दया लागेको भनेका थिए ।
यसरी चलेको जुहारीको केहि समयमै प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न प्रयास गरेको खुलासा पनि आफैले गरेका छन् ।
सिन्धुपाल्चोकमा पुगेर प्रचण्डले राष्ट्रपतिलाई धर्मसंकटमा पारिएको भन्दै संविधानतः संविधानको धारा ७६ को उपधारा ३ बमोजिम पहिलो पार्टीको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने उनको तर्क छ ।
प्रचण्ड आफैले पनि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न गरेको प्रयासबारे प्रष्टीकरण दिएको स्थितिमा अहिले उनी सरकार ढल्ने दाबी गर्दै अघि बढिरहेका छन् ।
सरकार ढल्ने र आफू फेरि सत्तामा जाने प्रचण्डको ध्यानमा माओवादी केन्द्रभित्रको जनमत कस्तो रहला ? नेताहरुले सत्ताकै वरिपरी रहने विषयलाई कसरी ह्याण्डल गर्लान भन्ने प्रश्नहरु पनि यत्रतत्र देखिन्छन् ।