काठमाडौं । माघे संक्रान्तिमा तिलको लडु, तरूल, ध्यू, चाकु, खाने परम्परा चलिआएको छ । तर, हामीले हाम्रो परम्पराको धान्न मात्रै खाने यस्ता खानेकुरा स्वास्थ्यका हिसाबले पनि निकै फाइदा जनक रहेका छन् ।
धर्मसंस्कृतिसँग जोडिएर उपभोग गरिने यस्ता खाद्यान्नले हाम्रो शरीरमा के–कस्ता चमत्कारिक काम गर्छ त ?
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, दान गर्ने, जस्ता पक्षलाई धार्मिक तथा संस्कृति परम्पराका रुपमा लिने र मनाइने गरिन्छ ।
धर्म शास्त्रका अनुसार यस दिन यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने, दान गर्ने, जलाशयमा नुहाउँने मानिस जीवनभर निरोगी हुने उल्लेख गरिएको छ । तर चिकित्साशास्त्रीय दृष्टिकोणले पनि ध्यू, चाकु, तिलको लडु, खिचडी खानु स्वास्थ्यका लागि निकै फाइदाँजनक मानिएको छ ।
तरुल, घ्यू र तिलको लड्डुका फाइदाहरु
– जाडो महिनामा पाइने तरुलमा भिटामिन बी सिक्स, एन्टीअक्सिडेन्ट, कार्वोहाइड्रेड प्रस्त मात्रामा पाइन्छ ।
– मुटुसम्बन्धि समस्या, क्यान्सरको जोखिम कम तथा शरीरलाई शक्ति प्रदान गर्छ ।
– तिलको लड्डूको सेवन पेटको लागि गुणकारी
– यसको सेवनले पाचन क्षमतालाई सशक्त पर्ने अपच, ग्यास बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदिलाई पनि निवारण गरि पेटलाई सफा राख्न मद्दत गर्दछ ।
– शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरि न्यानो बनाई राख्दछ ।
– तिलको सेवनले चिसोको दूष्प्रभावबाट पनि शरीरलाई बचाउने गर्दछ ।
– चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाईदा जनक
– घ्यूमा ओमागा थ्री फ्याटी एसिड र भिटामिन ए पाइन्छ ।
– ओमागा थ्री फ्याटी एसिड र भिटामिन ए मानव शरीरका लािग निकै लाभदायक
– ध्यूले सेवनले पाचन र पेटलाई बलियो बनाउँन मद्दत गर्दछ ।
– धेरैलाई लाग्छ घ्यू, सेवनले तौल बढाउँने काम गर्दछ तर घ्यू, सेवन गर्दा तौल
घटाउन समेत मद्दत गर्ने चिकित्स बताउँछन् ।
साथै माघे संक्रान्तिका दिन विशेष रुपमा खाइने चाकु खानाले विभिन्न प्रकार रोगहरु हुनबाट बच्न सकिन्छ ।
चाकुमा प्रोटीनका साथ–साथै डाइटरी फाइबर र भिटामिन बी–वान ,बी–टु बी–थ्री बी–पाइभ र भिटामिन सी पनि पर्याप्त मात्रामा पाइने गर्दछ ।
जसको सेवनले जोर्नी दुख्ने समस्या कम हुने, रुखाखोकी, थकानको समस्या कम गर्ने गर्दछ । यसैगरी चाकुले रगतमा भएको हानिकारक टक्सिनहरुलाई बाहिर निकालेर छालालाई सफा गर्न समेत मदत गर्ने गर्दछ ।
माघे संक्रान्ति धार्मिक तथा सामाजिक पर्व मात्र नभएर यस दिन खाइने विभिन्न परिकारहरुले आवश्यक पर्ने पौष्टिक तत्वहरु शरीरले प्राप्त गर्ने एक अवसर पनि हो ।
यस दिन हामीलेसेवन गर्ने यस्ता वस्तुले शरीरलाई न्यायो बनाउँने तथा शरीरमा भएको चिसोबाट जोगाउँने कम गर्दछ । साथै शरीरका लागि आवश्यक पोषणतत्व परिपूर्ति गर्ने पर्वका रुपमा पनि लिन सकिन्छ ।