पर्सा । माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व, घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासका साथ मनाइएको छ ।
थारु संवत २६४९ र माघीको अवसरमा देशभर नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आ–आफ्नै सांस्कृतिक र परम्परा अनुसार मनाउने गर्छन् । देशभर कहाँ–कसरी मनाइयो त माघी ?
नेपालभर माघ १ गते आ–आफ्नो परम्परागत, संस्कार, संस्कृति एवम् शैलीले माघे संक्रान्ति एवम् माघी पर्व मनाइएको छ । माघे संक्रान्ति विशेष गरि थारु समुदायको महत्वपूर्व चाड मात्रै नभइ नयाँ वर्ष समेत हो ।
जसलाई थारु समुदायले माघी पर्व भन्ने गर्छन् । यसक्रममा देशका विभिन्न ठाउँहरुमा माघी महोत्सव समेत लागेका थिए । साथै मगर समुदायले पनि माघे संक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्छ । यस अवसरमा थारु र मगर समुदायले माघी मनाउँदै गरेका दृष्यले काठमाडौंको टुँडिखेल उल्लासमय देखिएको थियो ।
थारु र मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक पहिरिएर माघीमा रौनक थपेका थिए । उता, मधेश प्रदेशको राजधानी जनकपुरधामका खिचडी भोजको आयोजना गरि धुमधामका साथ माघी मनाइएको छ । संस्कृति जोगाउने उद्देश्यका साथ जनकपुधामका युवाहरुले जानकी चोकमा खिचडी भोजको आयोजना गरेका हुन् ।
यहाँ विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । यसैगरि, माघे संक्रान्तिका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा मेला लागेको छ । माघे संक्रान्तिको अवसरमा आयोजित मेलालाई व्यवस्थापनका लागि मंगलबार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर संक्रान्तिको दिन भएको मानिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ ।
उता, पर्साको वीरगञ्जको आर्दशनगरस्थित स्वीमिङ पुलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी माघी मनाएका छन् । थारु जातीले आफ्नो मौलिक सांस्कृतिक भेषभुषा, पोशाक, भाषा नयाँ पुस्ताले पनि सिक्ने अवसरको रुपमा माघी महोत्सवलाई लिने गरको छ ।
यस अवसरमा थारुहरुको साँस्कृतिक पर्व समाचकेवाको प्रदर्शन गरिनुका साथै थारु परिकारको स्टलसमेत राखिएको थियो ।
माघीको पूर्व सन्ध्यामा मोटरसाईकल ¥याली समेत निकालिएको थियो । कृषि मुल पेशामा बनाएर अघी बढेका थारु समुदाय पछिल्लो समय विभिन्न पेशामा आफ्नो पहिचान बनाउन थालेका छन् । राजनीतिक क्षेत्रमा समेत थारु समुदायको उपस्थिति बढ्दै गएको छ । लामो समयले अन्याय र पछाडी परेका थारु समदायले आफ्नो हक अधिकारका लागी विभिन्न कालदण्डमा आन्दोलन गर्दै आएका थिए ।
अझैपनि आफूहरुको संर्घष जारी रहेको थारु कल्यणकारिणी सभा पर्साका केन्द्रीय पार्षद नन्द किशोर पञ्जीया बताउँछन् ।
थारु अगुवाहरुले आदिवासी जनजाति थारु समुदायको हक अधिकार अझै सुनिश्चित गर्ने मागको रुपमा पनि यस पर्वलाई लिने गर्दछ ।
यस्तै माघी महोत्सवको अवलोकन गर्न र चर्चित थारु परिकार घोंघीको स्वाद चाख्नका लागी बारा, पर्सा र रौतहट सम्मका थारु जातीहरु आउने गर्दछन् ।