काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको चिकित्सा शास्त्रमा देखिएका विभिन्न समस्याहरु मध्ये व्यारियर प्रणाली एक जटिल समस्याका रुपमा देखिएको छ । एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रममा लागू हुने व्यारियर प्रणालीका कारण धेरै चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थी मर्कामा पर्ने गरेको गुनासो सुनिने गरेको छ । अन्य युनिर्भसिटीको तुलनामा त्रिभुवन विश्वविद्यालल अन्तर्गत चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरु व्यारियर प्रणालीकै कारण शैक्षिक कार्यक्रमबाट बाहिरिनुपर्ने बाध्यता बनेको छ ।
उनी हुन्, नेश्नल मेडिकल कलेज एमवीवीएस अध्यनरत विरेन्द्र तिमल्सिना । एमवीवीएस अध्ययनरत विरेन्द्रले दोस्रो वर्षको परिक्षा दिएका थिए । तर दुर्भाग्य उनले दिएको सबै विषमा राम्रो अंग ल्याएर पास बनेका उनी जीआइटी विषयमा भने एक नम्बर कम आएका कारण अनुर्तिर्ण बन्न पुगे । तर समस्या के थियो भने उनी अनुर्तिण बनेसंगै उनका लागि चिकित्सा शात्र अध्ययनको बाटो कि सधैका लागि बन्द गर्नुपर्ने वा पुनः सुरु देखि पढ्नुपर्ने भयो । चिकित्सा अध्ययनका लागि अवश्यक ६० लाख रकम उनले कलेजलाई बुझाई समेत सकेका थिए । तर दोस्रो वर्षको परिक्षामा अनुर्तिण बनेपछि परिक्षाको रिटोटलिङ्कको माग गर्दै उनले त्रिवि शिक्षण अस्पतालमा एक्लै २२ दिनसम्म धर्नामा रहे ।
दुई दिन अगाडी मात्र रिटोटलिङ्कका क्रममा नम्बर थपिएर आएपछि भने चिकित्सा शास्त्र अध्ययनका लागि उनको बाटो अहिलेलाई खुल्ला बनेको छ । रिटोटलिङ्कका क्रममा पास भएर पढ्न पाएका विरेन्द्र तिमल्सिना चिकित्सा शास्त्र अध्ययन गर्ने एक भाग्यमानी पात्र मात्र हुन् । तर चिकित्सा शास्त्र अन्र्तगतको परिक्षामा अनुर्तिण बनेका धेरै विद्यार्थीको भविष्य अहिले पनि अन्योल्मा छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमबीबीएस र बिडिएस शैक्षिक कार्यक्रममा लागू हुने ब्यारियर प्रणालीका कारण २०७६ साल यताका करिब ३ सय विद्यार्थीले चिकित्सा शास्त्र अध्ययनका लागि मोटो रकम बुझाएर पनि अध्ययनबाट बन्चित बन्नु परेको छ ।
चिकित्सा शिक्षा अध्ययन अन्र्तगत ब्यारियर प्रणाली नियम अनुसार एमबीबीएस र बिडिएस शैक्षिक कार्यक्रमको दोश्रो वर्षको परीक्षामा परीक्षार्थीहरु ४ पटकसम्म उत्तीर्ण हुन नसकेको खण्डमा सो विद्यार्थीको स्वत शैक्षिक कार्यक्रमबाट त्रिवि दर्ता रजिष्ट्रेशन हटाइने नियम रहेको छ । तर यहि नियमका कारण धेरै विद्यार्थीको भविष्य अन्धकार बन्ने देखिए पछि यो समस्या समाधानका त्रिवि शिक्षण अस्पतालको डिन कार्यलयले यो विषय केन्द्रित कार्यदल बनाउँने तयारी गरेको छ । जसका लागि अन्तराष्ट्रिय तथा राष्ट्रिय नियम अनुसार यसको निमय परिर्वन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरिने डीन कार्यलयले जनाएको छ ।
चिकित्सा शास्त्र अध्ययन गराउँने अन्य युनिर्भसिटीमा ब्यारियर प्रणाली नियम अनुसार अध्ययनबाट बच्चित भएका विद्यार्थीको संख्या न्यून देखिन्छ । तर त्रिवि अन्र्तगतका कलेजहरुमा एक नम्बर नपुगेर अनुर्तिण भएका विद्यार्थीले समेत शैक्षिक कार्यक्रमबाट बाहिरीनु पर्ने नियती भोग्नु परेको छ ।