News 24 Television
आगो र हिटरले दर्जनौंको मृत्यु ! जोगिने कसरी ? 

काठमाडौं । जाडोमा चिसोबाट जोखिन दाउरा, कोइला प्रयोग गरि आगो बाल्ने तथा हिटर बाल्ने प्रचलन छ । तर, जाडोमा शरीर तथा कोठा न्यानो बनाउन भन्दै बालिने आगो तथा हिटर ताप्ने क्रममा हेलचक्रार्इं गरेकै कारण वर्षेनी करिब ४ देखि ८ जनाले ज्यान गुमाउने गरेका छन् । जाडोमा शरीरलाई न्यानो राख्न प्रयोग गरिने हिटर, ग्यास गिजर तथा आगो बाल्ने क्रममा कस्ता कुरामा ध्यान दिन आवश्यक छ त ? 

पछिल्लो समय चिसो बढ्दोक्रममा छ । चिसो बढेकै कारण मानिसहरु शरीरलाई न्यानो बनाउन हिटर अथवा आगो बालेर ताप्ने गरिरहेका छन् । साथै नुहाउँन पानी तताउँन ग्यास गिजरको प्रयोग समेत हुने गरेको छ । तर हामीले जाडोबाट बच्न प्रयोग गर्ने यस्ता वस्तु तथा उपकरणको प्रयोगमा ध्यान दिन सकेनौ भने यस्ता वस्तुकै कारण हाम्रो ज्यान समेत जान सक्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आगो, हिटर तथा गिजरको प्रयोगका कारण ६ वर्षको अवधिमा मात्र २९ जनाले ज्यान गुमाएका छन्  ।

त्यस्तै आर्थिक वर्ष २०८१\०८२ मंसिरसम्म ४ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांकमा छ । जाडो बढे यता आगो बालेर वा हिटर ताप्ने तथा ग्यास गिजरमा नुहाउँने क्रममा वेहोस भएर अस्पताल ल्याइने विरामीको संख्या बढेको छ । तर विगतको तुलनमा यो वर्ष यस्ता घटना कम देखिए पनि सर्तकता नअपनाए ज्यान जाने जोखिमा पर्ने चिकित्सक बताउँछन् । 

चिसोबाट बच्न भन्दै झ्याल ढोका थुनेर आगो, हिटर बालेर बस्दा हावामा अक्सिजनको मात्रा घट्ने भएकाले निसासिएर बेहोस हुने तथा समयमा उद्धार नभएको अवस्थामा ज्यान समेत जाने गर्दछ । आगो, हिटर बाल्दा हावामा अक्सिजनको मात्रको सट्टामा कार्बन मोनोअक्साइडयुक्त विषालु ग्यासको उत्पादन बढ्न गई यसले मस्तिक, मुटु तथा फोक्सोमा असर पग्ने चिकित्सक बताउँछन् । 

कार्बन मोनोअक्साइडयुक्त शरीरका लागि विषालु भएका कारण सुतेको समयमा झ्याल ढोका थुनेर आगो, हिटर बालेको छ भने मानिसको सुतेको सुतेई मृत्यु हुने जोखिम उच्च हुने चिकित्सक बताउँछन् । यदि उठेको समयमा गुम्म बनाएर आगो वा हिटर बालिएको छ, भने शरीरमा अक्सिजनमो मात्रा कम हुन गई रिटटा लाग्ने, उल्टी हुने तथा बेहोस हुने गर्दछ । यदि आगो वा हिटर बालेर ताप्ने क्रममा यस्ता कुनै समस्या देखिएमा तुरुत झ्याल ढोका खुल्लेर बाहिरको हावा पास हुन दिन चिकित्सक सुझाउँछन् । 

लामो समयसम्म हिटर, आगो ताप्दा छाला, आँखा सुक्खा हुने, नाक सुख्खा हुने, रगत बग्ने, छाला फुस्रो हुने फुट्ने जस्ता स्वास्थ्य समस्या पनि निम्तने गर्दछ  । साथै यस्ता वस्तुको प्रयोग गर्दा सावधानी अपनाएन भने ज्यान समेत जान सक्छ । 

त्यसैले जाडो माहिनमा आगो, हिटर तथा गिजरको प्रयोग गर्दा सावधानीपूर्वक यस्ता वस्तुको प्रयोग गर्न सकिएन भने यस्ता वस्तुका कारण ज्यान समते जाने गर्दछ । त्यसैले चिसोबाट बच्न भन्दै प्रयोग गरिने यस्ता वस्तुको प्रयोग सावधानीपूर्वक गर्न आवश्यक छ । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update