News 24 Television
चार वर्षपछि बल्ल सुरू भयाे नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठक

काठमाडाैँ । नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा शुरु भएको हो ।

बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए । उनले भारत नेपालको आयात-निर्यात र व्यापारका हिसाबले महत्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्वपूर्ण हुने उल्लेख गरे ।

प्रवक्ता अधिकारीले नेपाल भारतबीच केही समयदेखि व्यापा र पारवहनमा देखिका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए । उनले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेण्डा नेपालको रहेको बताए ।

भारतका प्रतिनिधिहरु सकारात्मक भएर बैठकमा सहभागी भएकाले बैठक उपलब्धिमुलुक हुने आशा रहेको अधिकारीले बताए ।उनले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाई भएको विषयलाई पनि बैठकमा राख्ने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको बताए । यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेक थ्रु गर्ने उनकाे विश्वास छ ।

बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्न समेत माग गरेका छन् । नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पु¥याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाल–भारत वाणिज्य सचिवस्तरको आज र भोलि चल्ने छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update