News 24 Television
अमेरिकी चिकित्सकको अनुसन्धान, रक्सीबाट ७ किशिमका क्यान्स’रको जोखिम 

काठमाडौं । मदिरा सेवन समाजिक घुलमिल हुन तथा साथीभाईसंग रमाइलो गर्न भन्दै यसको सेवन गर्ने गरिन्छ । रमाइलो गर्न गर्न भन्दै सेवन गरिने मदिराले स्वास्थ्यमा असर पुग्छ भन्ने सबैलाई जानकारी नभएको पनि होइन । तर हालै अमेरिकामा भएको एक अध्ययनले मदिरा सेवनबाट कलेजो तथा मृगौला विग्रने मात्र नभएर यसले विभिन्न सात प्रकारको क्यान्सरको जोखिम समेत पर्ने समेत देखाएको छ । 

अमेरिकी स्वास्थ्य विभागका सर्जन जनरल डा. विवेक मूर्तिद्वारा हालै जारी गरिएको परामर्श अनुसार, मद्यपानले क्यान्सरको जोखिम बढाउँछ । उनको परामर्श अनुसार मध्यपान अर्थात रक्सीको सेवनका कारण विशेषगरी महिलाहरुमा स्तन, कोलोरेक्टल, इसोफेगस, कलेजो, मुख, घाँटी, र स्वरयन्त्रमा क्यान्सर हुने जोखिम धेरै हुन्छ । 

यसलाई ध्यानमा राख्दै सर्जन जनरलले मद्यपानजन्य पेय पदार्थहरूमा क्यान्सरको जोखिमबारे चेतावनी लेबल राख्न सिफारिस गरेका छन् । 

अध्ययनका अनुसार मदिरामा पाइने एथनोल शरीर भित्र गएर एसिटाल्डिहाइडमा परिवर्तन हुन्छ र यस रसायनले डिएनएलाई क्षति गरि क्यान्सरको विकासमा मदत गर्दछ । यसको सेवनले मुख, घाँटी ,कलेजोको क्यान्सर महिलाहरुमा स्तन क्यान्सर, कोलन र रेक्टल क्यान्सर हुने जोखिम उच्च हुने गर्दछ । चिकित्सकहरु पनि मदिरा सेवन स्वास्थ्यका हिसाबले जोखियुतm हुने भएकाले यसको सेवन नगर्न सुझाउँछन् ।

अमेरिकी सर्जन जनरलका अनुसार धेरै मात्रै होइन थोरै मदिराको सेवन गर्ने व्यतिm पनि उउतिकै जोखिममा रहेका छन् । मदिराको हरेक घुट्कीले मानिसको डिएनएमा प्रभाव पार्ने समेत अध्ययनले बताएको छ । 

मदिराले स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएता पनि मदिराका बोटलहरुमा यसले स्वास्थ्यमा पार्ने असरका बारेमा कुनै जानकारी राखिएका हुदैन । तसर्थ चुरोटका बट्टाहरुमा जस्तै मदिराको बोतलहरुमा पनि यसले पार्ने असरका बारेमा प्रष्ट लेखिनु पर्ने समेत अमेरिकी जनरलले जनाएको छ । अध्ययनले दिनको दुई गिलास मदिरा सेवन गर्ने १ सय महिला मध्ये करिब ५ जनामा क्यान्सर हुने सम्भावना हुने समेत देखिएको छ । 

त्यस्तै दिनको दुई गिलास मदिरा सेवन गर्ने १ सय पुरुष मध्ये करिब ३ जनामा क्यान्सरको सम्भावना उच्च हुने समेत जनाएको छ । अध्ययनका अनुसार मदिराले पार्ने असर पुरुषको तुलनामा महिला बढि जोखिममा रहेको समेत देखाएको छ ।

यसैगरी दिनको दुई गिलास मदिरा सेवन गर्दा १ मध्ये करिब ४ महिलामा स्तन क्यान्सरको जोखिम हुने समेत देखाएको छ । मदिराले शरीरलाई क्यान्सरबाट जोगाउन सहयोग गर्ने बी भिटामिन र फोलेटजस्ता महत्वपूर्र्ण पोषक तत्वको मात्रालाई घटाउन मदत गर्ने भएकाले पनि मदिरा सेवनले क्यान्सरको जोखिमलाई बढाउँन मदत गर्ने समेत अध्ययनले देखाएको छ ।  

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update