News 24 Television
मुगु मह उत्पादनको मुख्य स्रोत बन्ने सम्भावना 

मुगु । पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । हिमाली जिल्ला मुगुमा मौरी पालनको उपयुक्त हावापानि सुहाउदो वातावरण र मौरीलाई चरन क्षेत्र धेरै भएको हुनाले यो बर्ष मात्र मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार भएको छ । 

महको पकेट क्षेत्र मानिएको मुगुको मुन्दु, कोटीला, शोभा, चिमाथ, माग्री, मह, चिमाथ, पुव, सेरोग, बाम, खमाले, लिउडी, लमेरम, सेरी, जाम, जिउका लगायतका २ दर्जन भन्दा बढी स्थानीय परम्परागत मुडे घारमा मौरी ब्यावसाय गर्दै आएका छन् ।  पुर्खौदेखी मौरीपालन गर्दै आएका किसानले बर्षमा १ लाखदेखि २ लाखसम्म मह बिक्री गरेर गुजारा चलाउने गरेका छन् । 

प्रति मानाको १ हजारदेखि १५ सय सम्ममा विक्री हुने गरेको छ । आधुनिक प्रविधिका विषयमा जानकारी नहुँदा बाउबाजेबाट सिकेको सीपलाई अवलम्बन गरेर मौरीपालन गरिरहेका छन् । 

आधुनिक घारमा भन्दा पुरानो मुडे घारमा मौरी बस्ने गर्छ । त्यस्तो घारबाट बर्षमा २ पटक मह निकाल्ने गरिन्छ । तर जिल्लामा मौरी सम्बन्धि तालीम, गोष्ठी, अनुदानका कार्यक्रम सञ्चालन भए पनि वास्ताविक मौरीपालक किसानहरुले भने अहिलेसम्म कुनै पनि सेवा नसकेको गुनसो गरेका छन् । 

कृषि बिकाश कार्यालय मुगुको आ.व २०८०\०८१को तथ्याक अनुसार जिल्लामा ५हजार ५ सय मैरी घार रहेका छन । सरदरमा प्रतिमुडे घारमा ५ केजीका दरले मह उत्पादन हुने गरेको छ । 

मह बिक्री गरेर जिल्लामा १ करोड भन्दा बढी आम्दानी भएको छ । चालु आर्थिक बर्षदेखि आधुनिक घारमा मौरीपालनबारे आधुनिक प्रविधिका विषयमा जानकारी गराउन थालिएको कृषि विकाश कार्यालय मुगुले जनाएको छ । 

बजेट अभावका कारण चालु आर्थिक बर्षमा सबै किसानलाई सहयोग गर्न नसकिएको तर आगामी आर्थिक वर्षमा मौरीपालन किसानकै लागि बजेट छुट्याएर सहयोग गर्ने प्रतिवद्धता जिल्ला कृषि बिकास कार्यालय मुगुले गरेको छ । राज्यका तिनै तहका सरकारले मौरी कृषकहरुलाई आधुनिकतातर्फ लैजाने हो भने मुगु लगायत कर्णाली प्रदेश मह उत्पादनको स्रोत बन्ने देखिन्छ । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update