News 24 Television
निदाएकै अवस्थामा स्वस्थ व्यक्तिको मृ’त्यूको कारण यस्तो 

काठमाडौं । राती सुत्दाँसम्म स्वस्थ सुतेको व्यतिm विहान हेर्दा आकस्मिक मृत भेटिएको खबर हामीले सुन्ने गरेका छौं । सुत्ने बेलासम्म कुनै स्वास्थ्य समस्या नदेखिएको र कुनै रोगले नच्यापेको व्यतिmको आकस्मिक मृत्यु किन हुन्छ त ? 

अझ, विशेष गरी जाडो महिनामा यस्ता घटना बढि हुने गरेका छन् । तर राती सुतिसकेपछि स्वस्थ व्यक्तिको ज्यान किन र के कारणले जाने गर्दछ त ? 

राति सामान्य अवस्थामै सुतेको मान्छे बिहान मृत अवस्थामा भेटिने गर्दछन् । तर परिवारका सदस्यले मृत भेटिएको व्यतिmलाई कुनै समस्या नभएको र राती सुत्दाँ सामान्य अवस्थामा सुतेको बताउँ गरेका छन् । 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचडका छोराको मृत्यु पनि यस्तै आकस्मिक मृत्यु भनेर नर्भिक अस्पतालले जनाएकोे थियो । यो घटना एक प्रतिनिधि मात्र हो । यसरी सुतेको सुतै मृत्यु भएका धेरै घटना सार्वजनिक हुने गरेका छन् । 

अचानक मृत्यु हुनुलाई मेडिकल भाषामा सडेन कार्डियल डेथ भन्ने गरिन्छ । यस्तो खालको मृत्यु जुन सुकै समयमा हुने भएपनि २० देखि २५ प्रतिशत रातीको समय देखिने चिकित्सक बताउँछन् । विशेषगरी २ देखि ३ बजेको आसपासमा यस्तो खालको मृत्यु बढि देखिने गरेको चिकित्सकको अनुभव छ । 

साथै यस्तो खालको मृत्युको कारणमा ह्रदयघात, मष्तिस्कतघात, फोक्सोमा हुने म्यासिभ पल्मोनरी इम्बोलिजम लगायत रहेको चिकित्सक बताउँछन् । 

मुटुको चाल बिग्रिएर वा मुटुले काम गर्न छोडेर श्वासप्रस्वास बन्द भएको एक घण्टाभित्र मानिस मर्छ भने त्यो सडन कार्डियल डेथ हो । मुटुको चाल बिग्रिएमा मानिसको ९० प्रतिशत बढी मृत्यु हुने सम्भावना हुन्छ । 

विशेष गरी जाडो मौषममा चिसोमा रक्तचाप बढि हुने कारण बढी भएर हृदयाघात तथा मष्तिस्कघातको जोखिम हुने गर्छ । 

जाडो मौषममा रक्तनली साँघुरो हुने र रगत पनि गर्मी मौषमको तुलनामा जाडोमा बाक्लो हुने कारण यस्तो समस्या देखिने चिकित्सक बताउँछन् । हृदयाघातमा मानिसमा असस्य पिडा हुने गरे पनि मष्तिस्कघातमा कुनै दुखाई नहुने भएकाले कतिपय मानिस मष्तिस्तघातका कारण राती सुतेको सुत्यै ज्यान जाने जोखिम उच्च हुने गर्दछ । 

राती सुतेको समयमा अचानक मृत्यु हुने कारण मध्ये स्लिप एप्निया सिन्ड्रोप पनि एक हो । स्लिप एप्निया सिन्ड्रोममा केहि समयका लागि श्वास फेर्न विर्सने भएका कारण पनि मानिसको मृत्युको कारण हुने चिकित्सकको भनाई छ । जसका लगि आफ्नो जीवन शैली तथा विभिन्न खालका दीर्घ रोग भएका व्यतिmले विशेष ध्यान दिन आवश्यक भएको चिकित्सक औलाउँछन् । 

स्लिप एप्निया भएका व्यतिmमा पटक–पटक शौचालय जानुपर्ने, सुत्दा छटपटी हुने सास रोकिएको महसुस हुने तथा सास फेर्न जोड गर्नुपर्ने जस्ता लक्षण देखापर्ने गर्दछ । त्यस्तै ठूलो आवाजसहित लगातार घुर्ने समस्या छ भने पनि यसले स्लिप एप्नियाको जोखिम हुने गर्दछ । 

यसैगरी मुटुरोग, सुगर, प्रेसरलगायत दिर्घरोगका रोगीलाई यस्ता समस्या बढी देखिने गर्दछ । अझ, विशेषगरी जाडोमा रक्तनली साँघुरो हुने भएका कारण पनि यस्ता समस्याको जोखिम उच्च हुने गर्दछ । त्यसैले विशेष गरी मुटुरोग, प्रेसर, सुगर जस्ता दिर्घरोगीलाई खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिन र प्रशस्तमात्रामा पानी पिउँन चिकित्सक सुझाव दिन्छन् । 

 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update