काठमाडौं । सरकारले सन २०३५ सम्म २८ हजार ५ सय मेघावाट जलबिद्युत उत्पादन गर्ने मन्त्री स्तरीय निर्णय गरेको छ । उर्जा क्षेत्रमा सरकारको यो निर्णय अहिले सम्मर्कै सबै भन्दा बढी बिद्युत उत्पादन गर्ने निर्णय हो ।
आगामी १० बर्षमा २८ हजार मेघावाट बिद्युत उत्पादन गर्न करीव ६५ खर्व बराबरको रकम लगानी गर्नु पर्ने हुन्छ । नेपालको हालको अर्थतन्त्रमा यति ठुलो रकम जुटाउन निर्कै ठुलो कसरत गर्नु पर्ने हुन्छ ।
सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेघावाट बिद्युत उत्पादन गर्न लक्ष्य राखेको छ । उर्जा मन्त्री दिपक खड्काले सरकारले सन २०३५ सम्म २८ हजार ५ सय मेघावाट बिद्युत उत्पादन गर्न मन्त्रिपरिषदबाटै निर्णय भएको जानकारी दिएका हुन् ।
उर्जा क्षेत्रमा ठुलो लक्ष्यको साथ सरकारको यो निर्णय गरेको बताउँदै मन्त्री खड्काले बन मन्त्रालय र स्थानीयलाई समेत अवरोध नगर्न उनले आग्रह गरेका छन् । दश बर्षमा उत्पादन गर्ने लक्ष्य लिइएको २८ हजार मेघावाट बिद्युत उत्पादनमा स्थानीयवासी र बिपन्न जनतालाई पनि जोड्ने सरकारको लक्ष्य रहेको मन्त्री खड्काको भनाई छ ।
बिद्युत प्राधिकरणले अहिले पनि हिउँदको समयमा भारतबाट विद्युत आयात गरिरहेको अवस्था छ ।
सरकारले सन २०३५ सम्म २८ हजार मेघावाट बिद्युत उत्पादन गर्ने निर्णय नेपालको जलबिद्युत क्षेत्रमा ऐतिहासिक निर्णय भएको हुदाँ सरकारले बिद्युतमा लगानी गर्न आम नेपाली नागरिक र बिदेशी लगानीकर्ताहरुलाई आवश्यक वातावरण निर्माण गर्न सक्नु पर्ने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले बताउँछन् ।
सरकारले आगामी दश बर्ष भित्रमा बिद्युत उत्पादन गर्न लिएको लक्ष्य पुरा गर्न नेपालको निजी क्षेत्र र बिदेशमा रहेका नेपाली नागरिकको लगानीलाई उपयोग गर्न सके लगानीमा सहयोग पुग्ने अपेक्षा निजी क्षेत्रले विश्वास लिएको छ ।
सरकारले उर्जा क्षेत्रमा वातावरण निर्माण गरेमा लगानीको समस्या नहुने निजी क्षेत्रको विश्वास छ । पछिल्लो पटक नेपालमा साना तथा ठुला जलबिद्युत परियोजनाहरुको निर्माणको लागि बित्तीय ब्यवस्थापनको कामहरु भइरहेका छन् ।
सरकारले लिएको लक्ष्य अनुसार जलबिद्युत परियोजनामा लगानी गर्न नेपालका र्बैक तथा वित्तीय संघ संस्थाहरुको साथै बहुराष्ट्रिय कम्पनी र दातृ निकायहरुको सहयोग जुटाउन सक्नु पर्ने हुन्छ ।
यति ठुलो रकम जुटाउन सरकारले जलबिद्युत क्षेत्रमा रहेका कमी कमजोरी सुधार गरेर बिद्युतमा स्वदेशी तथा बिदेशमा रहेका नेपाली नागरिकबाट लगानी जुटाउन देश भित्रै लगानीको वातावरण निर्माण गर्न आवश्यक छ ।