काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले दुई शीर्ष नेताहरुमाथि खरो व्यङ्ग्य कसेका छन् ।
पछिल्ला समय चर्चामा रहेका प्रकरणहरुबारे सार्वजनिक टिप्पणी गर्दै विप्लवले देशको नेतृत्व गर्ने चाहना राखेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले निर्वाचनमा जाने निर्णय गराइसकेका छन् ।
यसरी केन्द्रिय समिति बैठकबाट ०८४ को निर्वाचनलाई उपयोग गर्ने भनेका उनले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय समेत गरिसकेका छन् ।
योसँगै उनले चुनावी प्रतिष्पर्धा गर्ने भनिरहेको बेला देशको नेतत्व गर्न चाहेको कुरा बातउने गरेका छन । एकता, मोर्चा र सहकार्यको निर्णय गरिएको भन्दै अभिव्यक्ति दिइरहेका विप्लवले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि कडा व्यङ्ग्य कसेका छन् । विप्लवले देशको नेतृत्व गर्न चाहेको भन्दै विप्लवले कुनै दरबार वा टिस्टेट खानलाई यस्तो नभनेको भन्दै कडा टिप्पणि गरेका छन् ।
उसोतः विप्लवले माओवादी केन्द्र पनि १५ वर्षदेखि सरकारमै रहेको र अहिले के दियो भन्ने बहस चलिरहेको उनको भनाई छ ।
विप्लव चुनावदेखि माओवादी केन्द्रसँगको एकतामा जान चाहन्छन् । तर, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकले निर्णय लिने भनिएको छ । समाजवावमा पुग्ने गरि अघि बढ्ने बताइरहेका विप्लवले अब के गर्लान भन्ने विषय थप खुल्दैजानेछ ।
ओली प्रचण्डलाई दनक
गिरिबन्धु टि स्टेट प्रकरणमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीमाथि आरो लगाउने काम चलिरहेको छ भने नुवाकोटको शेरा दरबार प्रकरणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जोडेर आरोपित गर्ने गरिएको छ । यस्तोमा विप्लवले दुई नेताहरुमाथि एकैपटक प्रहार गर्दै यस्तो आक्रोश पोखेका हुन् ।