News 24 Television
यसरी निल्दैछ सामाजिक सञ्जालले मानिसको अमनचयन

काठमाडौं । पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले मानिसलाई खुब सजिलो बनाएको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालले मानिसलाई धेरै कुरामा सहयोग पनि पु¥याएको छ । तर सामाजिक सञ्जालहरुको सकरात्मक पाटो मात्रै छैन । दिन प्रतिदिन समाज सामाजिक सञ्जालबाट प्रताडित पनि बन्दै गइरहेको छ ।

यसको अत्यधिक प्रयोग र दुरुपयोगका कारण मानिसको सामाजिक र मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परिरहेको छ । 

लकडाउनको बेला गुल्मीको तम्घासबाट एक बालकसँगको टिकटक भिडिओ ‘भाइरल’ भयो । त्यसपछि युट्युबर उनको पछि लागेर रातारात ‘सेलेब्रिटी’ बनाइदिए । ती बालक थिए, बिहीबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ज्यान गुमाएका सचिन परियार । उनलाई मनोरञ्जनको खुराक बनाइयो । 

एकाएक ‘सेलेब्रिटी’ भएका सचिन खानेकुरा माग्दै हिँडेको दृश्य पनि सामाजिक सञ्जालमा छरिए ।  सानै उमेरमा प्रतिभाशाली हुनु सचिनको सबल पक्ष भएपनि यही पक्ष उनको जीवनका लागि दुर्बल साबित बन्यो । 

उनको निधनपछि श्रम शोषण गरियो, दुव्र्यवहार भयो भनेर सामाजिक सञ्जालमा व्यापक बहस भैरहेको छ । तर, कुनै समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नै सचिनलाई पनि गाली गर्थे । लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणामको यो एक उद्धाहरण मात्रै हो । सामाजिक सञ्जालले एक दिनमा ‘हिरो’ र ‘जिरो’ बनाइदिएको उहहरण धेरै छ । सामाजिक सञ्जालको दुरुपयोगले आत्महत्यासम्मको घटनासम्म निम्त्याउने गरेको छ । 

भाइरल बन्ने होड

टिकटक, फेसबुक, इन्सटाग्रामलगायत सामाजिक सञ्जालमा कति फलोअर्स छन् भन्नेतिर समाज लम्किरहेको छ । तर, के ‘भाइरल’ बन्ने होडमा समाजलाई साँच्चै सकारात्मक बाटोतर्फ डो¥याएको छ ? यो गम्भीर प्रश्नको रुपमा खडा भएको छ । 

विज्ञान–प्रविधिसँग समयानुकूल परिचित हुनु राम्रो भए पनि भाइरल हुने लोभले भने सामाजिक सञ्जालमा विकृति बढ्दो छ । 

मानिस भाइरल हुन र फलोअर्स बढाउने मनोरोगका कारण जे पनि गर्न तयार रहेको हरकत टिकटकमा देख्न सकिन्छ । भ्युज, लाइक नआएको भन्दै नितान्त व्यक्तिगत कुरा राखेर भाइरल बन्ने होड चलेको छ । 

फेसबुकदेखि युट्युब हुँदै टिकटकसम्म भाइरल हुनेहरूको सूची नेपालमा लामै बनिसकेको छ । कोही टिकटकमा नाचेर मोडल बनेका छन् त कोही नेता । त्यसमा पनि भाइरल बन्ने होडमा यति हतारोमा संवेदनशील विषयहरुमा पनि स्टाटस, टीका टिपप्णी र फोटोहरु राखिन्छ कि केही समयमै गलत सावित पनि भइरहेका छन् ।

नेपाली समाजमा बेथिति

विश्वभर मिम, ट्रोल, डिप फेकको अर्को तनाव छ । यसबाट नेपाली समाज पनि बचेको छैन । 

अनेक सामग्री बनाएर समाजमा भ्रामक सन्देशहरू फैलिरहेका छन् । आइकनका रूपमा रहेका व्यक्तिहरू पनि भाइरल हुन अश्लील भिडियोहरू बनाइरहेको देखिन्छ । यसले मानिसमा नकारात्मक धारणालाई बढवा दिइरहेको छ ।

त्यसमा पनि बलात्कार, हत्या, आत्महत्याजस्ता विषयलाई प्रोत्साहन गर्ने गरी मानिसले आफ्नो धारणा बनाइरहेका हुन्छन् । पछिल्लो समय सामाजिक सञ्जालकै कारण मानिसमा एन्जाइटी र डिप्रेसन समेत बढ्दै गएको मनोचिकित्सकहरु बताउँछन् । 

साइबर बुलिङ, ट्रोलिङ र चरित्र हत्याजस्ता समस्याले धेरै व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो असर पारेको छ । विशेषगरी, युवा पुस्ता ध्यान केन्द्रित गर्न र जीवनको प्राथमिकता निर्धारण गर्नमा असन्तुलित भइरहेका छन् । सामाजिक सञ्जालले जीवनशैलीलाई अत्यधिक ग्ल्यामराइज गर्ने प्रवृत्तिले अतिरञ्जित जीवनशैली, ईष्र्या, असन्तोष मात्रै बढाएको छैन, मानशिक स्वास्थ्यमै गम्भिर असर परिरहेको छ । 

प्रविधिको विकाससँगै अपराधका शैली र प्रवृत्ति फेरिँदै छ । गोपनीयता हनन, डेटा चोरी र ठगीका घटनाले यसलाई झनै जोखिमपूर्ण बनाएको छ । पछिल्लो समय अनलाइनको माध्यमबाट ठगी भएका उजुरीहरू प्रहरीकोमा धेरै नै पर्ने गरेको छ । महिलालाई अश्लील तस्बिर, भिडियो तथा सन्देश पठाएर यौन उत्पीडन गरेका उजुरी पनि प्रहरीमा उत्तिकै छ । 

अपराधका श्रृखला

चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरूको चाङ प्रहरीकोमा छ । 

पार्सल तथा डलर पठाई कर बापतको रकम जम्मा गर्न लगाई, बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी, बैंक खातामा अनाधिकृत पहुच पु¥याई रकम चोरी, अनलाइन सामान तथा सेवा खरिद बिक्री गर्दा, चिट्ठा परेको र रकम डवल हुन्छ भन्दै गरिने ठगी धन्दा पनि झनझन मौलाएको छ । आर्थिक वर्ष २०८१÷०८२ शुरु भएपछिको छ महिनामा साइबर ब्युरोमा ३ हजार ६ सय १ वटा ठगीको उजुरी परेको छ । 

विद्युतीय माध्यमबाट चालू आर्थिक वर्षमा ५० करोड ठगी भएको उजुरी आएको साइबर ब्युरोले जनाएको छ । सामाजिक सञ्जालबाट चरित्र हत्या, गालीबेइज्जतीसहित उजुरीको संख्या ९ हजार माथि छ । आर्थिक वर्ष २०७९–८० मा ब्युरोमा यस प्रकारका ९ हजार १३ उजुरी परेका थिए । आर्थिक वर्ष २०८०–८१ मा यो संख्या बढेर १९ हजार ७ सय ३० पुगेको थियो । 

कानुनी अस्पष्टता

विद्यमान कानुनमा साइबर अपराधका सम्बन्धमा विस्तृत व्याख्या नभएका कारण मुद्दा चलाउन समेत समस्या भइरहेको छ । 

प्रहरीले यसप्रकारका धेरै उजुरीहरुमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने गरेको छ । तर, अपराधका किसिम फरक–फरक हुँदा कानुनको यो एउटा दफाले मात्रै सबैलाई सम्बोधन गर्न सकिरहेको छैन । उजुरीको चाप बढ्ने तर जनशक्तिको अभावले मुद्दाको अनुसन्धानमा समस्या भइरहेको साइबर ब्युरोको भनाई छ ।

फेसबुक, युट्युव, ट्वीटर, इन्स्टाग्राम, टिकटक, भाइबरलगायत अहिलेको समयमा सबै भन्दा सशक्त माध्यम हुन् । भौगोलिक दुरीले बिभिन्न बाध्यता, बिबशता, परिबन्दमा टाढा भएकालाई पनि यसले नजिक्याएको छ । 

विश्व नै एउटा ग्लोबल भिलेज बनेको छ । हुन त हरेक चिजको सकरात्मक र नकारात्मक विषय हुन्छन् । अहिलेको प्रविधि, सामाजिक सञ्जाललाई के कसरी उपयोग या दुरुपयोग गरिरहेका छौं ? यो हामी आफैले आफैलाई प्रश्न गर्ने बेला भएको छ । 

अहिले प्रविधि र सामाजिक सञ्जाल यति शक्तिशाली छ कि केही मिनेटमै मानिसलाई हिरो र केही मिनेटमै जिरो बनाउने सामथ्र्य राख्छ । त्यसैले सामाजिक सञ्जाल प्रयोग गरौं तर दुरुपयोग नगरौं ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update