News 24 Television
बर्दियामा यसरी हुँदैछ लागु औषधीको ओसारपसार 

बर्दिया । भारतको बहराईच जिल्लासँग सीमा जोडिएको बर्दियामा पछिल्लो समय लागु औषध प्रयागकर्ता बढेका छन् । 

नेपालबाट भारतिय सीमावर्ती बजारमा किनमेलका लागि जाने युवाहरुले नै लागु औषध पदार्थ बोकेर र सेवन गरेर आउँने गरेको खुलेको छ । 

पछिल्लो समय लागु औषध कारोबारमा १६ बर्ष देखि २५ बर्ष सम्मका युवाहरु सँलग्न हुने गरेको देखिन्छ । भारतको बहराईच जिल्लासँग सीमा जोडिएको बर्दिया जिल्ला ८३ किलोमिटर खुला सीमा भएको जिल्ला हो  । खुला सीमा भएका कारण मानिसहरु दैनिक प्रयोजनका सामान किन्नका लागी भारत आवत जावत गर्ने गरेका छन । 

भारतबाट नेपाल फर्कदा कतिपय लागु औषध प्रयोग र ओसारपसारमा समेत संलग्न हुन थालेका छन । जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्यांक अनुसार आर्थिक बर्ष ०७८ । ०७९ मा ५२ जना, आर्थिक बर्ष ७९ । 

०८० मा ९१ जना र आर्थिक बर्ष ०८० । ०८१ मा भने त्यो संख्या बढेर २ सय ७ जना लागुदार्थको सेवन र ओसारपसारमा संलग्न भएको भन्दै प्रहरीले पक्राउँ गरेको छ । 

बिगतका बर्षहरुमा अत्याधिक मात्रामा बढेको लागु औषधको कारोबार आर्थिक बर्ष ०८१ । ०८२ को पुस महिनासम्मको तथ्याक हेर्दा केही कमी आएको छ । चालु आर्थिक वर्षको करिब साढे पाँच महिनाको तथ्यांकलाई हेर्दा ४७ वटा मुद्दा दर्ता गर्दा ७० जनालाई पक्राउँ गरिएको छ । 

नेपालबाट भारतिय सिमावर्ति बजारमा किनमेलाका लागि जाने युवाहरुले नै लागु औषध पदार्थ बोकेर र सेवन गरेर आउँने गरेको खुलेको छ । 

पछिल्लो समय लागु औषध कारोबारमा १६ बर्ष देखि २५ बर्ष सम्मका युवाहरु सँलग्न रहेको पाइएको छ ।  युवाहरु सेवन र ओेसार प्रसारमा संलग्न रहेको र यसले बिकराल रुप लिने भन्दै स्थानीय जनप्रतिधि चिन्तित बनेका छन् । 

भारतसँग खुला सिमा जोडिएको बर्दिया जिल्लामा खुला सिमानाको गतिबिधि नियन्त्रणका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई राखिएको छ । 

सिमानामा हुने अवैध गतिबिधि र लागु औषधको कारोबार रोक्न प्रहरी परिचालन गरिएको भए पनि तस्करले प्रहरीको आँखा छलेर लागु औषध नेपाल भित्रने गरेको छ । 

बिगतका ३ बर्षहरुमा लागु औषध कारोबार र ओसार प्रसारको क्रम नरोकिए पछि जिल्ला प्रशासन कार्यालय बर्दियाले शसस्त्र प्रहरी र स्थानिय तहरुको सहयोगमा बिभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दे आई रहेको छ । 

जसका कारणले यस आर्थिक बर्षको साढे ५ महिनाको तथ्याक केही घटेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो ६ महिना देखि नागरिक स्तरमै पुगेर कार्यक्रम नै संचालन गर्न थालेपछि यस बर्षमा लागु औषध कारोबारीमा केही कमि आएको छ । त्यसैले पनि यो कार्यलाई निरन्तरता दिन आवश्यक छ । 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update