News 24 Television
निवारणको घोषणा मात्रै, कुष्ठरोगीको संख्या झनझन बढ्दै  

काठमाडौं । कसको पो मन दुख्दैन र रोग लागेकै कारण परिवार तथा समाजले उसलाई अपहेलना र तिरस्कारजन्य व्यवहार गर्दा । तर यस्तो अपहेलना र तिरस्कारजन्य व्यवहार कुष्ठ रोग प्रभावित व्यतिmले अहिले पनि भोग्नु पर्ने नियती छ । 

यस्ता व्यतिmलाई सरकारले पुनस्थापना गर्न र रोजगारीको अवसर प्रदान गर्न नसक्नुले पनि कुष्ठरोग प्रभावित व्यक्ति दशकाँै अघि जस्तो अवस्थामा थिए अहिले पनि करिब–करिब उस्तै अवस्थामा छन् । 

उनी हुन्, कुष्ठरोग प्रभावित व्यतिm वासुदेव यादव । उनी १२ वर्षको उमेरमा कुष्ठरोगबाट पिडीत बनेका थिए । उनलाई सुरुमा कुष्ठरोग देखिदाँ कुन रोग भनेर पनि थाहा भएन । 

कुष्ठरोगका कारण चेतनाविहिन बनिसकेको हातखट्टाले साथीहरुसँगको प्रतिष्पर्धामा इट्टा फुटाउँने प्रतिष्पर्धामा उनी सधै पहिलो बन्थे र यसैमा मख्ख थिए । 

रोगको बारेमा थाहाँ नहुन्जेल उनले शरीरक पिडा महसुस गरे पनि सामाजिक पिडा भने भोग्नु परेको थिएन । तर जब उनलाई कृष्ठरोग भएको भन्ने उनको परिवार र आफन्तलाई थाहाँ भयो त्यसपछि भने उनले नराम्रोसँग सामाजिक तिरस्कार भोग्नु प¥यो । 

घरपरिवार र समाजको तिरस्कार र दुरव्यवहारकै कारण उनले आफुजस्तै कुष्ठरोग प्रभावित ७ जनासँ मिलेर रिड नेपाल अर्थात पुनस्थापना सशक्तिकरण तथा विकास संस्था खोले । 

त्यही संस्थाबाट कुष्ठ रोग प्रभावितलाई खाने बस्ने व्यवस्थाको उनले जोहो गरिरहेका छन् । अहिले पनि रोगीप्रति गरिने विभेदपूर्ण व्यवहार नहटेको उनको अनुभव छ । 

रिड नेपालमा बस्दै आएका पुप्पुलाल चौधरी पनि १५ वर्षको उमेरमा कुष्ठरोगबाट प्रभावित बनेका थिए । कुष्ठरोग लागेकै कारण घरपरिवारको अपहेलना सहन नसकि उनी रिड नेपालको आश्रयमा आएको वर्षौ भइसक्यो । 

कुष्ठरोगले हातका औला विगारेपनि हातमा भएको सिपलाई उनले मर्न दिएनन् । उनी नेपाली कागजका झोला, सजावटका सामान बनाउँन खप्पिस छन् । तर आफुहरुले बनाएका सामानले बजार पाउँन नसक्दा भने उनी दिक्क मान्छन् । 

अछाम जिल्लाबाट एक महिना अघिमात्र आफ्ना श्रीमती र सानानानीहरु लिएर रिड नेपालमा बस्न आएका बिजेश बुढा पनि तराईमा मात्र नभएर पहाडमा पनि कुष्ठरोगीलाई गर्ने व्यवहार अझै सुध्रिन नसकेका दुखेसो पोख्छन् । सुरुमा हात खुट्टाको स्पर्श क्षमता गुमेपछि उनले सुखेत, नेपालगञ्जका स्वास्थ्य संस्थामा गएर परिक्षण पनि गराए । तर उनको रोग पत्ता लागेन । 

नेपालमा रोग पत्ता नलागेपछि उनले भारतमा गएर जाँच गर्दा मात्र कुष्ठरोग भन्ने पत्ता लागेको उनी बताउँछन् । 

कुष्ठ रोगको अवस्था

प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको तथ्यांकका आधारमा नेपालमा सन् २०६७ मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । यो घोषणा हुँदा नेपालमा प्रति १० हजारमा ०.८९ जना कुष्ठ रोगी थिए । 

तर २०७३÷०७४ मा आइपुग्दा भने यो दर बढेर ०.९२ पुग्यो । अहिले यो संख्थामा झन बृद्धि भई प्रति १० हजार जनामा २ जना पुगिसकेको छ भने कुष्ठरोग निवारणको सूचांक पनि नाँघिसकेको छ । 

आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै पश्चिम नेपालका विभिन्न जिल्लामा १४६ जना कुष्ठरोगी पहिचान भएका छन् । जसमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, रोल्पाका ५, दैलेखका ४ र सुर्खेतका १ जना छन् । 

कुष्ठरोग प्रतिको नकारात्मक सोच, परीक्षण र उपचारसम्बन्धी सहि जानकारीको अभावमा यसको प्रकोप पुन भयावह रुपमा देखिन सक्ने संभावना देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update