काठमाडौं । नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारको ब्यवसायिक क्षमता विकास र पेशागत मर्यादालाई उच्च राख्न महासंघ प्रतिवद्ध रहेको बताएकी छिन् ।
बुधवार नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखाद्धारा आयोजित नवनिर्वाचित कार्यसमितिको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै महासंघकी अध्यक्ष शर्माले पत्रकारहरुको पेशागत हक अधिकारको सार्थै संचार गृहको संरक्षण र विकासमा आफनो टिम प्रतिवद्ध रहेको उल्लेख गरिन् ।
पत्रकारिता क्षेत्रमा आएको पछिल्लो चुनौतीलाई सामना गर्न संचारकर्मी र संचागृह दुवैमा सहकार्य र समझदारी आवश्यक रहेको भनाई ब्यक्त गरिन् ।
नवनिर्वाचित संचारकर्मीहरुलाई प्रमाणपत्र प्रदान गदै अध्यक्ष शर्माले मूलधारको पत्रकारिता सामू सवै खालको चुनौती रहेको उल्लेख गरिन् ।
त्यसैगरी, महासंघका प्रदेश कमिटी प्रतिष्ठानका अध्यक्ष रमेश वाग्लेले श्रमजीवी पत्रकारहरुको पेशागत क्षमता अभिबृद्धि गर्न तालिम प्रदान गरी ब्यवसायिक पत्रकारिताको विकास गर्ने प्रतिवद्धचता ब्यक्त गरे ।
न्यूज २४ प्रतिष्ठानको अध्यक्षमा कृष्ण कुमार कन्दङवाका नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी अधिवेशनबाट महासंघ केन्द्रीय प्रतिनिधिमा केशव निरौला, प्रदेश समिति सदस्य बिद्या बस्नेत र मदन सापकोटा चयन भएका छन् ।