बाजुरा । बर्षौंपछि गाउँमा लिफ्ट सिंचाइ आएपछि बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी, झालगाउँका स्थानीयमा खुसियाली छाएको छ । त्रिवेणी नगरपालिका र कृषि खाद्य प्रणालिको लागि नविकरणीय ऊर्जा आयोजना नेपालमा शाही नर्वेजियन दूतावास र यूएनडिपीको आर्थिक सहयोगमा लिफ्ट सिंचाइ निर्माण भएका हो ।
उप–योजनाले कालपानी, झालगाउँका विभिन्न तीन उत्पादक कृषकहरुलाई सिंचाइ मार्फत व्यवसायीक तरकारी खेति गरी आयआर्जन गर्न सहज हुने भएको छ । सिंचाई अभावका कारण वर्षौदेखि बाँझो रहेको जमिनमा लिफ्ट सिचाई सुरु भएपछि तरकारी लगायतका बेमौसमी तथा मौसमी खेती गर्न स्थानीयलाई सहज भएको छ ।
मालागडा नदिबाट लिफ्ट सिंचाइ गाउँमा आउदा १ सय भन्दा बढी घर लाभान्वित भएका छन् । मालागाड खोलाबाट लिफ्ट सिंचाई योजना मार्फत गाउँमा सिंचाई गर्न र उपभोग गर्न पाउदा स्थानीय खुसी भएका छन् ।
९० प्रतिशत रेरास र त्रिवेणी नगरपालिकाको १० प्रतिशत लगानीमा दोस्रो मालगाड लघु जलविद्युत नविकरणीय ऊर्जाको उपयोग गरी आयोजना निर्माण गरिएको हो । मालागाड खोलाबाट ८ हजार १६ मीटर लम्बाइ र १ सय १० मीटर हेड बाट माथि उचाइको डाँडामा प्रति सेकेन्ड ३.५ लि. पानीले ५० हजार लिटर पानी स्टोरेज गरी कालापानी, झलगाउँका घरघरमा पानी मीटर मार्फत धाराबाट सिंचाइ सेवा संचालन गरिएको आयोजना उपभोक्ता समूहका अध्यक्ष हरि नेपालीले जानकारी दिएका छन् ।
योजना निर्माणका लागि करिब ८० लाख ४३ हजारको लागतमा लिफ्ट सिंचाइ र अन्य वर्ष भरी जलवायू मैत्री अनुकुल सिनजल तरकारी तरकारी उत्पादनका लगानी गरिएको छ ।
नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार मालागाड खोलाबाट नविकरणीय ऊजाको अधिकतम प्रयोगबाट करिव १ हजार ५ सय ६३ मिटर तलबाट कालापानी सल्लेरी डाँडामा सवैभन्दा लामो दुरीको लिफ्ट सिंचाई योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
उप–योजनाले कालापानी, झालगाउँका विभिन्न तीन उत्पादक कृषकहरुलाई सिंचाइ मार्फत व्यवसायीक तरकारी खेति गरी आयआर्जन गर्न सहज हुने भएको छ ।