News 24 Television
४० वर्षपछि बबई सिचाइँ आयोजनाको पानी गुलरिया जाँदै 

बर्दिया । ३६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याउँने उद्देश्यले बबई सिचाई आयोजनाको २०२४ सालदेखि अध्ययन शुरु गरिएको थियो । तर २०४५ साल देखि मात्रै नहर निर्माणको काम शुरु गरिएको यो सिचाई आयोजनाको ४ दशकपछि सदरमुकाम गुलरिया केन्द्रीत काम शुरु भएको छ । 

यसअघि बबई सिचाई आयोजनाले दुई दशकसम्म पूर्वी र पश्चिमी नहरका रुपमा काम गर्दै आएको थियो भने अब यो आयोजनाले यसैवर्षदेखि सदरमुकाम केन्द्रित भएर काम गर्नेछ । बबई सिचाई आयोजना स्थापनाको दुई दशक पुरा भएपछि बबई सिचाई आयोजनाले बर्दियाको सदरमुकाम गुलरियाका कृषकहरुलाई पनि लाभ पुर्याउने उद्देश्यसहित ९ किलोमिटर मुल नहर निर्माणको काम शुरु गर्न लागेको हो । बर्दियाको दक्षिण भागमा पानीको अभावका कारण कृषकहरुले सास्ती व्यहोर्दै आइरहेका छन् । नहर निर्माण भएपछि खेतबारीमा अन्न उत्पादन बढ्ने स्थानीयको विश्वास छ ।  

बर्दियाको बासगढी, ठाकुरबाबा, बारबर्दिया र मधुवन नगरपालिकास सहित बढैयाताल गाउँपालिकामा मुल नहर सहित शाखा नहरको समेत काम सम्पन्न भई सकेको छ । तर सदरमुकाम समेत रहेको गुलरिया नगरपालिकामा नहर निर्माण नहुँदा स्थानीयले महँगो शुल्क तिरेर बिजुली र जेनेटरबाट कृषी गर्दे आइरहेका छन् । बर्दियाको ८ स्थानिय तहमध्ये बबई सिचाई आयोजनाले ६ स्थानिय तहमा काम गरेको छ ।  

बबई सिचाई आयोजनाले पुर्वतर्फ ३४ किलोमिटर मुल नहर निर्माण गरेको छ । अब गुलरिया नगरपालिकामा समेत निर्माण सम्पन्न भएपछि पश्चिम नहर ४१ किलोमिटर हुनेछ । सबैतिर विस्तार गरेपछि नहर कुल ९१ किलोमिटर बनाइने भएको छ ।  

गुुलरिया नगरपालिकामा ४ किलोमिटर मुल नहर र ९ किलोमिटर शाखा नहर गरी कुल १३ किलोमिटर नहर निर्माणको जिम्मेवारी स्वच्छन्द निर्माण सेवा काठमाण्डौले ९४ करोड रुपैयाँमा ठेक्का लिएको छ ।  नहर निर्माणमा सव कन्ट्र्याक्टरको रुmपमा बन्दन भगवती बर्दिया ब्ल्याक बक कन्स्ट्रक्सन पनि रहेको छ । सबै कुरा सहजरुपमा भए एक वर्षभित्र नहर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  

गुलरिया नगरपालिकामा शुरु गरिएको नहर निर्माणको काम सम्पन्न पछि बर्दियाको ३६ हजार हेक्टर जमिनमा १२ महिना नै सिचाई सुविधा पु¥याउँन सकिनेछ । आकाशे पानीको भर पर्दै आएका गुलरियाबासी राष्ट्रिय गौरवको आयोजना बबई सिचाई आयोजनाको नहर निर्माणपछि सहजरुपमा सिचाई सुविधा पाउने विश्वासमा छन् 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update