काठमाडौं । सत्तारुढ दलभित्र राजनीतिक घोचपेच शुरु भएको छ । कांग्रेसले सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेमाथिका आशंकाहरुलाई थप सार्वजनिक गर्न थालेको छ । कांग्रेसले देखाइरहेको राजनीतिक बाटो र कांग्रेसलाई बोक्दै प्रतिपक्षीलाई लखेटिरहेको एमालेबीचको शक्ति सन्तुलन सप्रिएला त ?
सत्तामा अहिले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले छन् । उनीहरुले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै रहने दाबी गरेपनि सरकारको आलोचना चरम बनिरहेको छ । सरकारले काम गर्न नसकेको र गति समात्न नसकेको आरोप लगाइरहेको नेपाली कांग्रेस प्रतिपक्षमाथि कम मात्रामै पेश हुने गरेको छ ।
कांग्रेसले प्रतिपक्षी दलमाथि खासै आक्रोश पोखेको देखिन्न । तर, एमालेमाथि कांग्रेसले अप्रत्यक्ष रुपमै भएपनि निशाना साँध्न थालेको छ । महतले कम्युनिस्ट पार्टीको नाम लिदै एमालेमाथि व्यङ्ग्य प्रहार गरेका छन् । महतले नेतृत्वमाथि प्रश्न गरेकै भरमा कारबाही नहुने र प्रताजान्त्रिक मूल्य मान्यतामा अडिग पार्टी कांग्रेसमात्रै रहेको भन्दै एमालेले भीम रावलसहितका नेताहरुमाथि गरेको कारबाहीलाई निशाना बनाएका छन् ।
यसरी नै संविधान संशोधन गर्ने भन्दै कार्यदल बनाउने भनिरहेको सत्ता गठबन्धनले सरकारमाथि विभिन्न दबाब दिइ रहेको छ । कांग्रेस नेता डा. शेखर कोइरालाले संविधान संशोधनमा कांग्रेस–एमाले मिलेर मात्रै नहुने भनिरहेका छन् ।
कोइरालाले दिएको यो अभिव्यक्ति सुन्दा सामान्य लागेपनि राजनीतिक अर्थले ठूलो रहस्य बोकेको छ । संविधान संशोधनमा अहिलेको सत्ता गठबन्धनसँग दुई तिहाई मत प्रष्ट छ । उनीहरुले संविधान संशोधन गर्न सक्छन् । तर, संविधानको मुख्य हिस्सेदारमा माओवादी केन्द्र समेत रहेकाले उनीहरुले राजनीतिक माहोल बिगार्ने अभिव्यक्ति दिने गरेका छैनन् ।
यस्तोमा माओवादी केन्द्र पनि प्रधानमन्त्री केपी ओलीमाथि नै निशाना बनाउनेमै केन्द्रित छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गिरिबन्धु टिस्टेटको छानविनको विषयदेखि यति, ओम्नी, वाइडवडी प्रकरणको अनुसन्धान गर्ने भन्दै कांग्रेसलाई खास जोड्ने गरेका छैनन् ।
माओवादी र कांग्रेसबीच सामान्यबाहेकका विवाद सतहमा नदेखिदा प्रधानमन्त्री केपी ओली भने माओवादीमाथि नै पेचिलो पेश हुने गरेका छन् । ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई कुनैबेला जादूयी नम्बर भएकाले सरकारबाट कसैले हटाउन सक्दैन भनेको विषयलाई अहिले सार्वजनिक टिप्पणीको विषय बनाइरहेका छन् ।
ओलीले सरकारमा कांग्रेस–एमालेको सत्ता गठबन्धन बनिसकेपछि यो टिप्पणी किन आवश्यक ठाने ? त्यो नै रहस्यको विषय छ । अहिले भूराजनीतिक परिस्थितिले पनि चेपिएका ओलीले यसरी माओवादीलाई अर्थहीन टिप्पणीबाट प्रहार गर्नुपर्ने स्थिति आइलागेपछि सत्ता गठबन्धनको आयु र भविष्यबारेका शंका थप बलिया बनिरहेका छन् ।