News 24 Television
चर्चामा शेरा दरबार र गिरिबन्धु टीस्टेट काण्ड 

काठमाडौं । बोल्दा होसै नपु¥याउने र पछि पछुतो मान्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिरपरिचित शैली हो । भावनामा बहकिएर बोल्दा उनी धेरैपटक चिप्लिएका मात्रै छैनन्, आलोचित पनि बनेका छन् । 

कहिले के कहिले के बोलीरहने उनै प्रचण्डको पछिल्लो अभिव्यक्ति चर्चामा छ । माओवादी केन्द्र संसदमा पहिलो पार्टी बनेमा गिरिबन्धु, वाइडबडी लगायतको छानविन गर्ने भन्दै पुनः उनले आफुलाई चर्चामा ल्याउने प्रयास गरेका छन् । तर नुवाकोटको शेरा दरबार छानविनमा सरकार अघि बढेपछि प्रचण्ड बरबराउन थालेको आरोप लागेको छ । 

५ महिना अघिसम्म मुलुकको कार्यकारी प्रमुख थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनी २०७९ सालको निर्वाचन पछि संसदको तेस्रो ठूलो दल भएपनि राजनीतिक खिचातानीका कारण १८ महिना मुलुकको प्रधानमन्त्री बनेर सत्ता चलाए । तर उनै प्रचण्ड सत्ताच्युत भएको ५ महिना नपुग्दै माओवादी केन्द्र ठुलो दल भएमा गिरीबन्धु, वाइडवढी लगाएतका काण्डको फाइल खोल्ने बताउन थालेका छन् । 

प्रचण्डको यस्तो भनाईलाई भने कांग्रेस एमाले नेताहरुले सत्ताच्यूत भएपछि पीडा र आक्रोशको रुपमा अथ्र्याएका छन् । अघिल्लो प्रचण्ड प्रधानमन्त्री छँदा १ बर्ष सम्म उनकै पार्टीका नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए । 

आफु प्रधानमन्त्री र आफ्नै पार्टीबाट आफैले गृहमन्त्री हुँदापनि प्रचण्डले न गिरी बन्धुको फाइल खोले, न वाइडवडीतर्फ सोच्न नै भ्याए । तर अहिले सत्ता बाहिर हुँदा उनले दिने यस्ता अभिव्यक्तिहरु उनका अघिल्ला अभिव्यक्तिकै निरन्तरताको रुपमा लिइएको छ ।  

प्रचण्डले गीरि बन्धुको फाइल खोल्ने बताइ रहदाँ एमालेले भने सरकारले नुवाकोटको शेरा दरबारको जग्गाको छानबिन प्रक्रिया अगाडि बढाए पछि प्रचण्ड आत्तिएको आरोप लगाएको छ । आफु प्रधानमन्त्री हुँदा प्रचण्डलाई गीरि बन्धुको फाइल खोल्न कसले छेक्यो भन्दै एमालेका प्रमुख सचेतक महेश बर्तौंला प्रश्न गर्छन् । नुवाकोटको शेरा दरबारको फाइल सरकारले खोलेपछि प्रचण्ड छटपटिएको उनको दाबी छ । 

एमाले मात्रै होइन कांग्रेसका नेताहरु पनि प्रचण्ड विगत देखि नै आफ्नो स्वार्थ अनुसार जे पनि बोल्ने ब्यक्ति भएको टिप्पणी गर्छन् । प्रचण्डको बोलिमा राजनीतिक स्वार्थ बाहेक अरु केही नदेखिएको कांग्रेस नेता आन्नदप्रसाद ढुंगानाको भनाइ छ । 

त्यसो त सरकारले शेरा दरबार जग्गा हिनामिनाको छानबिन अगाडि बढाउनु र प्रचण्ड पनि सरकारबिरुद्ध चर्कोरुपमा उत्रिनु एकै समय परेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको छ । पृथ्वीनारायण शाहको शीतकालीन दरबारका रूपमा रहेको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरी सरकारका नाममा ल्याउन ब्युरोले शुक्रबार अनुसन्धान प्रतिवेदनसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको थियो । ब्युरोले नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको उक्त जग्गा सरकारका नाममा ल्याउनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाई सकेको छ । श्रेष्ठ विगतमा प्रचण्डकै स्वकीय सचिव समेत भएर काम गरिसकेका व्यक्ति हुन् । 

गृहमन्त्रीको निर्देशन

शेरा दरबार र दरबारले चर्चेको १६३ रोपनी १३ आना जग्गा व्यक्तिको नाममा पुगेको विषयमा गम्भिररुपमा छानविन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवर र सिआईबी प्रमुख दीपक थापालाई निर्देशन दिएका छन् ।  गृहमन्त्रीले अनुसन्धानबाट दोषी देखिएकाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । छानबिन प्रक्रिया द्रुत रुपमा अघि बढाएर यो प्रकरणमा टुंगो लगाउन समेत गृहमन्त्री लेखकले निर्देशन दिएका छन् । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update